रुग्ण आयोजनाले चाँडै पूर्णता पाउँछन् : नेम्बाङ
फिदिम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले रुग्ण आयोजनाले चाँडै पूर्णता पाउने बताएका छन् । गृहनगर पाँचथर सदरमुकाम फिदिममा पत्रकारसँग कुरा गर्दै उनले पूर्णता पाउन बाँकी रहेका आयोजनालाई समयमै सम्पन्न गराउन आफूले पहल सुरु गरेको बताए।
'धेरै आयोजाले पूर्णता पाएका छैनन्, नेम्बाङले भने, 'त्यस्ता आयोजनाको अनुगमन गरेर चाँडै काम सम्पन्न गर्न आवश्यक निर्देशन दिनेछु ।' आयोजनामा रहेका समस्याको पहिचान गर्न आफ्नो टोली अनुगमनमा निस्किएको उनले बताए ।
मन्त्रलायका सचिव र महानिर्देशकको टोलीसहित अनुगमन भ्रमणमा निस्किएका नेम्बाङले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिको बारेमा बुझिरहेको बताए। पाँचथर, ताप्लेजुङ, तेह्रथुम र इलाममा सञ्चालित आयोजनाको अनुगमन गरेर चाँडै काम सम्पन्न गर्न निर्देशन दिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
१