जाजरकोट–डोल्पा सडक : पाँच बेलिब्रिज बन्दै

जाजरकोट–डोल्पा सडक : पाँच बेलिब्रिज बन्दै

डोल्पा : जाजरकोट–डोल्पा सडकमा पाँचवटा बेलिब्रिज पुल निर्माण हुने भएका छन्। २०७७ असोज मसान्तभित्र यस सडकखण्ड अन्र्तगत भेरी नदीमाथि पाँचवटा बेलिब्रिज पुल बन्ने भएका हुन्। हाल सडकमा पुल नभएकै कारण जाजरकोटबाट डोल्पा सदुमुकाम दुनै पुग्न दर्जनौं ठाउँमा गाडी फेरबदल गर्नुपर्ने बाध्यता छ।

पहिलो चरणमा जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने करबगाड खोला, डोल्पाको खदाङस्थित हरियापानी, त्रिपुराकोटको छलगाड, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज निर्माण प्रक्रिया अघि बढेको सडक विभागले जनाएको छ। गत मंसिरमा जाजरकोट–डोल्पा सडक खण्डको विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलको प्रारम्भिक सर्वेक्षण सकिएपछि पाँच बेलिब्रिज पुल बन्ने पक्का भएको सडक विभागका इन्जिनियर रोशन केजुवाले बताए।

उनका अनुसार बीएनबी कन्सल्टेन्सीले पुलको डिजाइन सम्पन्न गरेको छ। सडक विभागबाट बेलिब्रिज पुलको अन्तिम नक्सांकन गर्न डोल्पा पुगेका इन्जिनियर रोशन केजुवाल र बीएनबी कन्सल्टेन्सीका प्रतिनिधि सौरभ शाहसहितको टोलीले बेलिब्रिज पुलको अन्तिम डिजाइन सम्पन्न गरेका हुन्।

बेलिब्रिज बनाउने कार्य २०७७ असोज भित्रमा सकिने छ। पुल बनेपछि भेरी नदीसहित अन्य खोलामा आउजाउ गर्न हाल ठाउँठाउँमा सवारी फेर्नुपर्ने बाधयता हट्ने अपेक्षा गरिएको छ। जाजरकोटको पासागाडदेखि डोल्पा सदरमुकाम दुनैसम्मको एक सय १८ किलोमिटर लामो सडकको ट्र्याक खोल्ने कार्य नेपाली सेनाले ०७५ मंसिर ४ गते सम्पन्न गरेको थियो। सेनाले सडक निर्माण सकेको एक वर्षपछि सडक भिागलाई हस्तान्तरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.