छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लामा बिहीबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्।  सडक विभागले निर्माण गरिरहेको सडक खन्ने क्रममा स्काभेटर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका ११ थुम्कीमा सडक डिभिजन कार्यालय भक्तपुरमार्फत निर्माण भइरहेको सडक खन्ने क्रममा
स्काभेटर दुर्घटनामा १६ वर्षीया वर्षीया राउत केसी र सिन्धुपाल्चोक स्थायी घरका १५ वर्षीय रोशन भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिए।त्यस्तै, स्काभेटर चालक जीवन ताम्राकार घाइते भएका छन् । उनको धुलिखेल अस्पतलामा उपचार भइरहेको छ । 

बिहीबार दूध बोकेको बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । काभ्रेको रोशी गाउँपालिका-९ को पानान्चे सकडमा देउरालीबाट नार्के आउँदै गरेको दूध बोकेको बा.५च.५०७४ नम्बर को बोलेरो सडकबाट एक सय मिटर तल खसेको थियो । 

दुर्घटनामा परी सोही स्थानका १२ वर्षीय अनिल रानामगरको मृत्यु भएको हो ।दुर्घटनामा परी दुईजना घाइते भएका छन् भने उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.