कालीकोटमा हिमपात, किसान खुसी

कालीकोटमा हिमपात, किसान खुसी

कालिकोट : झण्डैं दुई दशकपछि कालिकोटमा निरन्तर वर्षासँगै भारी हिमपात भएको छ । गत आइतबार रातीदेखि सुरु भएको वर्षा र हिमपात बिहीबारसम्म रोकिएको छैन् । निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । वर्षा र हिमपातका कारण विद्युत, टेलिफोन, इन्टरनेट सेवालगायतका अत्यावश्यक सेवा बन्द भएका छन् । 

जाडो बढेसँगै घरघरमा हिटरको प्रयोग बढेपछि बत्तीको भोल्टेज नपुग्दा समस्या भएको नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रले जनाएको छ । बत्ती, टिलिफोन तथा इन्टरनेटको समस्याका कारण विभिन्न बैंक तथा वित्तीय संस्थाको काम ठप्प भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेको छ । उच्च हिमाली क्षेत्रमा वस्तु पालनमा समस्या भइरहेको छ । बालबालिका र वृद्धवृद्धा प्रभावित बनेका छन् ।

चिसोका कारण स्थानीयबासी घर बाहिर निस्कन सकेका छैनन्। हिमपातले चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हिमपातका कारण कर्णालीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको रारातालसम्म जाने पर्यटक जान सकेका छैनन् । 

वर्षेनी खडेरीको समस्या झेल्दै आएको कालिकोटमा यसवर्ष भने नियमित वर्षा र हिमपातले किसान खुसी भएका छन् । किसानले पाखो बारीमा गरेको गहुँ खेतीका साथै स्याउ खेती राम्रो हुने र उत्पादनमा पनि वृद्धि हुने भएको छ । 

स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले जिल्लामा व्यवसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन्।

जिल्लाको तिलागुफा नगरपालिका निवासी स्याउ कृषक वेगमबहादुर शाहीले यस वर्ष भारी हिमपात भएसँगै स्याउ उत्पादनमा वृद्धि हुने बताए । बर्षेनि खडेरी पर्दा  उत्पादनमा ह्रास आइरहेका बेला यस वर्ष नियमित वर्षासँगै भारी हिमपात भएका कारण स्याउ उत्पादनमा वृद्धि हुने उनको दाबी छ ।

यस वर्ष भने दुई दशकपछि मंसिरमै हिमपात हुनुका साथै नियमित वर्षा र हिमपात भएको छ ।यसले गहुँबाली तथा स्याउ खेतिका लागि अमृत आएको जस्तो भएको छ। जिल्ला कृषि विकास कार्यालय प्रमुख भरतकुमार बस्नेतले जिल्लाको लेकाली भेकमा भारी हिमपात भएसँगै स्याउ खेतीलाई ठूलो राहत भएको बताए। उनले भने,' हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किरामा पनि कमी आउने गर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.