आयोजनाको बाधक बन्यो फोहोर प्रशोधन केन्द्र

आयोजनाको बाधक बन्यो फोहोर प्रशोधन केन्द्र

महेन्द्रनगर : कञ्चनपुर भीमदत्त नगरपालिकाले फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गाको टुंगो लगाउन नसक्दा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयनमा आउन सकेको छैन। एसियाली विकास बैंक (एडीबी)ले फोहोरमैला प्रशोधन केन्द्र निर्माण भएमात्रै सडकलगायतका योजनाको काम अघि बढाउने सर्त राखेको छ।

नगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि जग्गा छनोट गर्न सकेको छैन। केन्द्र निर्माण नभएकाले आधुनिक सहर निर्माण गर्ने योजना पनि अघि बढ्न सकेको छैन। क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाई धनगढीले फोहोरमैला प्रशोधन केन्द्र निर्माण नभएसम्म अन्य योजना अघि नबढ्ने जनाएको छ। जग्गा प्राप्तीका लागि भीमदत्त नगरपालिका सामुदायिक वनहरूसँग छलफलमा जुटेको छ।

नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले नगरपालिकाले जग्गाका लागि सामुदायिक वनहरूसँग छलफल गरिरहेको बताए। उनले सामुदायिक वन सकारात्मक रहेको बताउँदै नगरपालिकाले छिट्टै जग्गाको टुंगो लगाउने बताए। ‘नगरपालिकाले दुई/तीन ठाउँमा जग्गा हेरेको छ। तर कुन ठाउँमा बनाउने भन्ने टुंगो लागेको छैन’, धामीले भने।

क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाई धनगढीका प्रमुख परिक्षेद कडरियाले आयोजना कार्यान्वयनको पहिलो सर्त नै फोहोरमैला प्रशोधन केन्द्र निर्माण रहेको बताए। ‘एडीबीले फोहोरमैला प्रशोधन केन्द्र निर्माण नभएसम्म अन्य कार्यक्रम नदिने भनेको छ,’ प्रमुख कडरियाले भने, ‘हामीले मूल्यांकन गरेर मंसिरमै रिपोर्ट काठमाडौं पठाइसकेका छौं।’

उनले महेन्द्रनगर बजारको १४ किलोमिटर सडकको टेन्डर भएर मूल्यांकनमा गएको र जग्गा प्राप्त भएपछि कार्यान्वयन प्रक्रियामा जाने बताए। नगरपालिकाले समयमै जग्गाको टुंगो लगाउन नसके एडीबीको ३ अर्बको महत्वपूर्ण योजना फिर्ता हुने खतरा छ। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले उक्त आयोजनाका कारण स्थानीयले समृद्धिको सपना देखेको बताउँदै जसरी पनि नगरपालिकाले प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने बताए।

‘यदि यो आयोजना लागू भए यहाँको आर्थिक विकासमा महत्वपूर्ण उपलब्धी हुनेछ। यस्तो आयोजना कार्यान्वयनमा ल्याउन नगरपालिकाकै कारण ढिलाइ हुन हुँदैन,’ अध्यक्ष मल्लले भने। एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा १४ किलोमिटर सुविधासम्पन्न सडक निर्माण हुनेछ।

आयोजना अन्तर्गत महेन्द्रनगरका पाँचवटै गल्लीमा व्यवस्थित ढल निकाससँगै मदन चोकदेखि मझगाउँ विमानस्थलको छेउसम्म पक्की सडक बन्नेछ। नगरपालिकाले एक अर्ब ७६ करोडमा टेन्डर आह्वान गरिसके पनि प्रशोधन केन्द्र निर्माण नहुँदा काम अघि बढ्न नसकेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.