माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रभावित क्षेत्रमा बम विस्फोट

माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रभावित क्षेत्रमा बम विस्फोट

दैलेख : नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रभावित क्षेत्रमा बम विस्फोट भएको छ।  शुक्रबार राती करिब ११ बजे अज्ञात समुहले बम बिस्फोट गराएको स्थानीले बताएका छन्। 

जलविद्युत आयोजना स्थल कर्णाली नदिको पारी अछामको तुर्माखाद गाउँपालिका–३ खैरीटाकुरीमा बम बिस्फोट भएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए। बम बिस्फोटबारे अनुसन्धान भइरहेको दैलेखका डिएसपी हरिबहादुर ओलीले बताए। दैलेख क्षेत्रमा भने सुरक्षा अवस्था सामान्य रहेको डिएसपी ओलीले जानकारी दिए। 

राती एक्कासी बम बिस्फोट भएको ठुलो आवाज सुनिएको स्थानीयको भनाइ छ। बम बिस्फोटपछि अज्ञात समुहले नाराबाजीसमेत गरेको थिए। बम बिस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हुनसक्ने स्थानीयको आशंका छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने आशंका गरिए पनि आधिकारीक पुष्टि भएको छैन। 

आयोजना प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।  बम विस्फोट भएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, डिएसपी हरिबहादुर ओली सहितको टोली त्यसतर्फ गएका छन्। बम विस्फोट भएपछि स्थानीय नागरिक त्रसित बनेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.