करोडौँको औँठी लिएर प्रेम प्रस्ताव अस्वीकार

करोडौँको औँठी लिएर प्रेम प्रस्ताव अस्वीकार

इंग्ल्यान्डकी चर्चित इन्स्टाग्राम मोडल हुन्, अमान्डा क्रोनिन। लन्डनस्थित बेलग्राभियाकी बासिन्दा उनी आफ्ना लामा खुट्टाका कारण चर्चित छिन्। सामाजिक रूपमा प्रसिद्ध (सोसियलाइट) अमान्डाले हालसालै एउटा खुलासा गरेकी छिन्, जो भाइरल खबर बन्यो। उनले आफूले एक जना उत्तरी युरोपका धनाढ्यले दिएको असाध्यै महँगो हिराको औँठी सकारेको तर उनको प्रेम प्रस्ताव नस्विकारेको खुलासा गरेकी छिन्। तर, उनले उनको प्रेमी हुन मन गर्ने ती व्यक्तिको नाम भने खुलाएकी छैनन्। उनले यति भनेकी छिन्, ‘उनी उत्तरी युरोपकै शक्तिशाली मानिस हुन्।’ 

‘उत्तरी युरोपकै शक्तिशाली मानिस’लाई उनले केही समयअघि न्युयोर्क होटलमा भेटेकी थिइन्। ‘एक जना असाध्यै सुन्दर प्रौढ मान्छेसँग मेरो आँखा जुधेको थियो,’ उनले भनिन्, ‘उनले मलाई आफ्नो पहिलो नाम बताएका थिए र मोबाइल नम्बर दिएका थिए।’ 

भोलिपल्ट उनले ती सुन्दर पुरुषलाई टेक्स्ट गरिन्। ‘त्यसपछि त मेरो फोनमा उनका प्रेम सन्देशहरूको बाढी आउन थाल्यो,’ अमान्डाले भनिन्। लगत्तै, उनले ती व्यक्ति विवाहित भएको पत्ता लगाइन्। ‘उनी विवाहित भएको थाहा पाएपछि ‘मैले हाम्रो सम्बन्ध सम्भव छैन’ भनेँ,’ उनले भनिन्, ‘तर, उनले भेटम् कि भेटम् भनेपछि भेट्न मञ्जुर गरेँ।’ 

केही हप्ताअघि उनीहरूको भेट लन्डनको एउटा रेस्टुरेन्टमा भयो। ‘त्यहाँ उनले मलाई फेरि प्रेम प्रस्ताव राखे,’ अमान्डाले भनिन्, ‘मैले अस्वीकार गरेँ। उनले मलाई १० क्यारेटको हिराको औँठी दिन खोजे। मैले लिन्नँ भने। तर, उनले ‘प्रेम नगरे पनि औँठी लिइदिएर मेरो मन राखिदेऊ’ भने। मैले बाध्य भएर औँठी लिनुपर्‍यो।’ 

औँठी चानचुने थिएन। भ्यान क्लिफ एन्ड आर्पेल्स कम्पनीको थियो। त्यसको मूल्य २ लाख ५० हजार पाउन्ड (करिब ३ करोड ७५ हजार रुपैयाँ) पर्छ। 

अहिले अमान्डा एक जना क्यानडाली नागरिकसँग प्रेम सम्बन्धमा छिन्। तर, उनका औँलामा भने उत्तर युरोपेली धनाढ्यले दिएको औँठी चम्किरहेको छ। यी इन्स्टाग्राम मोडलले हिराको महँगो औँठी ढल्काएर तस्बिर खिच्दै पोस्ट गर्ने गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.