बलिउड स्टारका विवादास्पद बयान

बलिउड स्टारका विवादास्पद बयान

बलिउड सेलिब्रिटीले बेलामौकामा मिडियासँग कुराकानी गरिरहेका हुन्छन् । उनीहरूलाई कुनै विषयमा कुरा गर्नुछैन भने उनीहरू ‘नो कमेन्ट्स’ भनेर पन्छिन्छन् । तर, कहिलेकाहीँ यस्ता कुरा भनिदिन्छन्, जो विवादको कारण बन्न पुग्छ ।


‘म पोर्नस्टार बन्न चाहन्छु’

बलिउडका ‘बादशाह’ अभिनेता शाहरुख खानले एक अन्तर्वार्तामा आफू पोर्नस्टार बन्न चाहने बताएका थिए । ‘म पहिलेदेखि नै पोर्नस्टार बन्न चाहन्थेँ,’ अन्तर्वार्तामा उनले भनेका थिए, ‘पोर्नस्टार बन्न एकदमै मेहनत गर्नेछु । अमेरिकाको सबैभन्दा ठूलो पोर्नस्टार बन्नेछु ।’ यसो भनिरहँदा उनले आफ्नो मजाक आफैँ उडाएका थिए । तर, उनको यो बयानले बलिउडमा प्रशस्त हंगामा भयो । 

‘शाहरुख मेरो खुट्टा चाटिरहेको छ’

सार्वजनिक रूपमा एकअर्काबारे नबोले पनि बलिउडमा आमिर खान र शाहरुख खानबीचको शीतयुद्ध जगजाहेर छ । उनीहरूको सम्बन्ध त्यतिखेर झन् बिग्रिएको थियो, जब आमिरले शाहरुखबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए । सोसल मिडियामा पोस्ट गर्दै उनले लेखेका थिए– ‘शाहरुख मेरो खुट्टा चाटिरहेको छ । म उसलाई बिस्कुट खुवाइरहेको छु । मलाई योभन्दा बढी के चाहियो ? तपाईंहरूले यसबारे कुनै कमेन्ट गर्नुअघि नै बताउन चाहन्छु शाहरुख मेरो कुुकुरको नाम हो ।’ आमिरको यो ठट्टा कसैलाई मन परेन । शाहरुखलाई त झन् मन पर्ने कुरै भएन । त्यस पोस्टबारे प्रतिक्रिया दिँदै शाहरुखले गुनासो पोखेका थिए । उनले भनेका थिए– ‘आमिरले आफ्नो दुई प्रशंसक गुमाएका छन् । मेरा छोराछोरी उनको अभिनय असाध्यै मन पराउँछन् ।’

‘कुकुर पनि फिल्म हेर्न गएन’

कसैको चित्त दुखे पनि बलिउडका ‘दबंग’ हिरो सलमान खानलाई खासै फरक पर्दैन । बलिउडकर्मीका अनुसार उनको त मुखै बैरी छ । सलमानले अभिनेता ऋतिक रोशन र अभिनेत्री ऐश्वर्या रायको फिल्म ‘गुजारिश’माथि विवादित बयान दिएका थिए । उनले भनेका थिए– ‘त्यो फिल्म हेर्न त कुकुर पनि गएन ।’

‘गाईभैँसीसँग पनि फिल्म गर्नेछु’

एकताका अभिनेता शाहिद कपुर र अभिनेत्री करिना कपुरको प्रेम सम्बन्ध बलिउडका लागि ‘हट–केक’ थियो । करिनाको जीवनमा सैफ आएपछि उनीहरू छुट्टिए । ब्रेकअपछि उनीहरूका सम्बन्धमा यति तिक्तता आयो कि एक अन्तर्वार्तामा शाहिदले करिनाबारे विवादास्पद बयान दिए । एक अन्तर्वार्तामा शाहिदलाई ‘अब करिनासँग काम गर्नुहुन्छ कि नाइँ ?’ भनेर सोधिएको थियो । ‘निर्देशक भन्छन् भने म गाईभैँसीसँग पनि काम गर्न तयार छु,’ शाहिदको जवाफ थियो ।

‘रणवीरलाई कन्डम गिफ्ट गर्छु’

एक पटक बलिउडका निर्माता-निर्देशक करन जौहरको कार्यक्रम ‘कफी विद करन’ मा अभिनेत्री दीपिका पादुकोण पाहुना भएर आएकी थिइन् । उनलाई करनले ‘यदि तिमीले आफ्नो एक्स ब्वाइफ्रेन्ड रणवीर कपुरलाई गिफ्ट दिन चाह्यौ भने के दिन्छौ ?’ भनी सोधेका थिए । दीपिकाले जवाफ दिएकी थिइन्– ‘म रणवीरलाई कन्डमको प्याकेट गिफ्ट दिनेछु । किनकि, उनी यसको प्रयोग अत्यधिक गर्छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.