लसुन छोडाउने सजिलो उपाय
लसुनले खानालाई स्वादिलो बनाउँछ। तर, लसुन छोडाउन झन्झटिलो हुन्छ। केही उपाय अपनाए सजिलै त्यसको बोक्रा निकाल्न सकिन्छ।
–लसुन छोडाउनुअघि बट्टामा राख्नुपर्छ र बिर्को लगाएर जोडले हल्लाउनुपर्छ। यसो गर्दा लसुनको बोक्रा अलग हुन्छ र सजिलै छोडाउन सकिन्छ।
–लसुन छिल्न माइक्रोवेभ प्रयोग गर्न सकिन्छ। लसुनलाई २०–३० मिनेटसम्म माइक्रोवेभमा राख्नुपर्छ। यसरी लसुन छिल्न सजिलो हुन्छ।
–घरमा माइक्रोवेभ नहुनेले लसुनलाई ग्यास चुल्होमा भुट्न सक्छन्। यसरी बोक्रा सजिलै निस्किन्छ।
–लसुनको बोक्रा निकाल्ने सबैभन्दा सजिलो उपाय हो, पानी। एक कचौरा पानीमा लसुनलाई एक घण्टासम्म भिजाउने। यसो गर्दा बोक्रा सजिलै निकाल्न सकिन्छ।
–लसुनलाई बीचमा चिर्दा पनि त्यसको बोक्रा सजिलै निस्किन्छ।