हत्यारालाई हदैसम्मको कारबाही गर

हत्यारालाई हदैसम्मको कारबाही गर

राजनीतिक आड पाएपछि तस्करहरू जस्तोसुकै घिनलाग्दो काम गर्न पनि पछि पर्दैनन्। राजनीतिकै अडेस लागेर चुरेमा खोला र पहाडको अवैध दोहन भइरहेको छ। यसबारे दिनहुँ समाचार प्रकाशित हुँदा पनि प्रहरी-प्रशासन मूकदर्शक बनेर बस्ने गर्छ।

 खोलामा बालुवा र गिटी चोरेर रातारात धनी भएकाहरूको प्रतिकार स्थानीयले गर्दा पनि प्रहरी-प्रशासन मौन रहनुको कारण के हो ? जबकि स्थानीय निकायको अनुमति नलिईकन कसैले पनि गिटी, बालुवा र ढुंगा उत्खनन गर्न पाइँदैन। 

त्यसमाथि चौकीनजिक अवैध उत्खनन भइरहँदा पनि प्रहरीले किन देखेन ? आफ्नो घरखेत नै बाढीको चपेटामा पर्ने भएपछि विरोधमा उत्रेका एक युवाले तस्करहरूले कर्तव्य गरी पासविक हत्या गरे। यी तस्करहरूलाई हत्या गर्ने आँट कहाँबाट आयो ? विगतमा स्थानीयले गरेको प्रतिरोधमा प्रहरी प्रशासन मौन नबसेको भए यसरी नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने थिएन।

चुरे भावर क्षेत्रमा भइरहेको अवैध उत्खननको विरोध धनुषाको मिथिला नगरपालिका- ५ का दिलिप (ओमप्रकाश) महतोले दुई वर्षदेखि गर्दै आइरहेका थिए। उनको आन्दोलनबाट त्रसित क्रसर डन र माफियाले दिलिपलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए। शुक्रबार बिहान चार बजे बालुवा चोर्दै गरेको ट्रिपर समात्न गएका उनलाई चुरियामाई बालुवा प्रशोधन उद्योगका मालिक विपिन महतोले हत्या गराए। 

प्रहरीले हत्यामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको छ। हत्याराको माथिल्लो नेतासम्म पहुँच भएका कारण भोलि मुद्दा कमजोर नबनाउलान् भन्न सकिन्न। कर्तव्य गरी भएको यस्तो हत्यालाई सवारी दुर्घटनामा रूपान्तरण गरी तस्करहरूलाई उन्मुक्ति दिने सम्भावना उत्तिकै छ। किनभने अवैध क्रसर उद्योगबाट आएको अवैध रकम तलदेखि माथिसम्म वितरण गरी सबैलाई भागशान्ति पुर्‍याएकै कारण तराई र चुरे क्षेत्रमा बालुवा, गिटी र ढुंगा तस्करी मौलाइरहेको छ। महतोको हत्या भएलगत्तै उनको लास विनामुचुल्का त्यहाँबाट हटाइएको छ, जुन शंकास्पद छ। घटनाको प्रकृति अध्ययनै नगरी हतारहतारमा लास उठाउनु संयोग मात्र किमार्थ हुन सक्दैन।

स्थानीय पटक-पटक विरोध गर्दा पनि कतैबाट सुनुवाइ नहुनले क्रसर डनलाई राजनीतिक संरक्षण प्राप्त भएको पुष्टि हुन्छ। देशमा भएका ठूला-ठूला अपराधमा राजनीति जोडिने गरेको छ। राजनीतिक अपराधीकरणमा गइरहेका बेला त्यही नियति धनुषाका ती युवा महतोले भोग्नुपरेको हो। निश्चय पनि आम सर्वसाधारण संगठित हँुदैनन्। यो प्रकृतिको फाइदा उठाएर तस्करहरूले संगठित रूपमा अवैध उत्खनन गर्ने गर्छन्। कसैले छिसिक्क बिगो गरिहालेमा तत्काल पक्राउ गरेर कारबाही गर्न तम्सिने प्रहरी आफ्नै आँखाअगाडि भएको बालुवा चोरी-निकासी किन देख्दैन ? महतोको हत्याप्रकरणले तस्करको जालो गृह मन्त्रालयसम्म पुगेको देखिन्छ। कुन नेताको आड र संरक्षणमा यस्तो चोरी कार्य भइरहेको छ ? यसको जवाफ गृहमन्त्रीले दिनुपर्छ। देशको प्राकृतिक सम्पत्ति लुट्नेले कहिलेसम्म राजनीतिक संरक्षण पाइरहने ?

सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा करोडौं रुपैयाँ खर्च गर्दै आएको छ। चुरे संरक्षण नभए तराईमा ठूलो प्राकृतिक विपत्ति आउने भएकाले यसतर्पm संस्थागत रूपमै संरक्षण गर्नुपरेको हो। तर कार्यक्रम लागू गर्दैमा चुरे संरक्षण हुँदैन। चुरेबाट अवैध तरिकाले गिटी, बालुवा, ढुंगा आदिको उत्खनन भइरहेको छ। प्रहरी प्रशासनसँग मिलेमतो गरी दलका नेताहरूसँगको आडभरोसाबाट दोहन भइरहेको कसैबाट लुकेको छैन।

महतो हत्यालाई गम्भीर र मानवताविरुद्ध अपारध-कार्यका रूपमा लिएर दोषीलाई कडाभन्दा कडी कारबाही गर्नुपर्छ। आइतबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले यो घटनाको भत्र्सना र दोषीमाथि कारबाही माग गरेका छन्। अन्य दलहरू मौन छन्। देशका अन्य स्थानमा पनि संगठित रूपमा र यसैगरी राजनीतिक नेताका आडभरोसामा नदी, पहाड दोहन कार्य भइरहेको छ। विरोध गर्नेहरूले दिलिप महतोको नियति भोग्नुपर्ने भय पनि उत्तिकै छ। विधिको शासन लागू गर्छु भनेको यो सरकारले यसको जगसम्म गएर यस्तो अपराधलाई निर्मूल गर्न सक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.