बालिकालाई जबरजस्ती गर्ने ‘नागा’लाई जन्मकैद
सन्धिखर्क : दुई वर्षीया बालिकालाई जबरजस्ती गर्ने एक जनालाई जिल्ला अदालत अर्घाखाँचीले जन्मकैदको फैसला सुनाएको छ।
गत असार ३१ गते शितगंगा नगरपालिका १२ पथ्थरकोटमा स्थानीय दुई वर्षीया बालिकालाई जबरजस्ती करण गर्ने त्यही ठाउँका ‘नागा’ भन्ने टेकबहादुर पुनलाई जन्मकैद सजायको फैसला सुनाएको जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार गम्भीर घिमिरेले जानकारी दिए।
बालिकालाई घरमै लगेर जबरजस्ती करणी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ (क) अनुसार जन्म कैदको सजाय हुने गरी फैसला भएको श्रेस्तेदार घिमिरेले बताए।