बनतरुल खन्दा ढिस्कोले पुरिएर ८० वर्षीय वृद्धको मृत्यु
दोलखा : माघे संक्रान्तिको लागि बनतरुल खन्ने क्रममा ढिस्कोले पुरिएर दोलखामा एक वृद्धको मृत्यु भएको छ ।
मंगलबार दिउँसो करिब २ बजे बनतरुल खन्ने क्रममा ढिस्कोले पुरिँदा भीमेश्वर नगरपालिका–२, डोक्थलीका ८० वर्षीय वीरबहादुर थामीको मृत्यु भएको हो । बनतरुल खन्ने खाल्टोमा माथिबाट ढुङ्गा खसी सोही ढुङ्गाले थिचेर मृत अवस्थामा मृतकको भतिजा डबल थामीले भेटेर प्रहरीलाई खबर गरेका थिए ।
माघे संक्रान्तिको लागि बनतरुल खन्न भनी घरभन्दा करिब एककिलोमिटको दूरीमा रहेको जंगलमा गएकोमा थामीलाई मृत अवस्थामा भेटिएको दोलखाकी प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले जानकारी दिइन् ।
मृतकको लास पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक बज्राचार्यले जानकारी दिइन् ।