भूमिफिर्ताको माग गर्दै राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन

भूमिफिर्ताको माग गर्दै राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन

अमेरिका : नेपाली भूमि अतिक्रमणका विरुद्ध अमेरिकामा रहेका नेपालीहरुले संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। भारतीय पक्षबाट सार्वजनिक राजनीतिक नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण भएको भन्दै न्यूयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन्। 

राष्ट्रसंघ मुख्यालय अगाडि आयोजित कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालकातर्फबाट लिपुलेक, लिम्पियाधुरासहितको नेपाली भूभाग समेटिएको नक्सा तत्कालै सार्वजनिक गर्नुपर्नेमा जोड दिए। उनले प्रवासमा रहेका नेपालीहरुले नेपाली भूभाग फिर्ताको माग गर्दै स्वतस्फूर्त कार्यक्रम गरेकोमा धन्यवादसमेत दिए। 

संचारकर्मी प्रेम बानियाले भारतीय पक्षबाट भएको नेपाली सीमा अतिक्रमणविरुद्ध विश्वभरका नेपालीहरुले आवाज उठाउनुपर्नेमा जोड दिए। उनले राष्ट्रसंघमा नेपाल भारत सीमाका बारेमा वास्तविकतासहितको ज्ञापन पत्र बुझाइएकाले राष्ट्रसंघले सहजिकरण गर्नेमा आसावादी रहेको जनाए। 

कार्यक्रममा गायिका सपनाश्रीले यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ बोलेको गित गायकी थिइन्। यस्तै गायक रामप्रसाद खनालले कालापानी, लिम्पियाधुरा, लिपुलेकका बारेमा लेखिएको राष्ट्रिय गीत गाए।

कार्यक्रममा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमणको विरुद्ध नारावाजी गरिएको थियो। विरोध प्रदर्शनपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजलाई प्रवक्तामार्फत ज्ञापनपत्र बुझाइएको छ। प्रदर्शनमा सहभागिहरुको हस्ताक्षरसमेत संकलन गरेर नेपाल भारत सीमा विवाद समाधान गर्ने दिशामा सकारात्मक भूमिका खेल्न आव्हान गर्दै, ज्ञापनपत्र बुझाइएकोछ। ज्ञापनपत्रमा सीमाविद् बुद्धिनारायण श्रेष्ठको विश्लेषण समावेश छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.