ह्याकरबाट बचाउने बालबालिका
साइबरचेस शिक्षासम्बन्धी कार्टुन शृंखला हो। यो कार्टुन पृथ्वीका तीन बालबालिका ज्याकी, म्याट र इन्जमा आधारित छ। ती बालबालिका ह्याकरबाट ब्रह्माण्डलाई बचाउन आएका हुन्छन्। त्यहाँ उनीहरूको भेट डिजिट नाम गरेका साइबरसँग हुन्छ। डिजिटले उनीहरूको काममा मद्दत गर्छ।
तीन बालबालिका ज्याकी, म्याट र इन्ज ह्याकरको गल्तीले साइबर मदरबोर्डसम्म पुग्छन्। मदरबोर्ड भनेको साइबरसम्बन्धी नियम बनाउने र लागू गर्ने निकाय हो। मदरबोर्ड भाइरसका कारण नराम्रोसँग कमजोर हुन्छ। ती बालबालिकाले भाइरस हटाएर मदरबोर्डलाई बलियो बनाउँछन्।
मदरबोर्डलाई कम्प्युटर प्रणालीको मस्तिष्क मानिन्छ। यसले सबै साइबर स्पेसको रेखदेख गर्छ। डाक्टर मार्बल्सले मदरबोर्डको रक्षा गर्न ह्याकर बनाउँछन्। तर, ह्याकरले मदरबोर्डकै विरुद्धमा लागेर यसलाई कमजोर बनाउँछ।
यो कार्टुनका १२ सिजन र एक सय १७ एपिसोड छन्। यो कार्टुन सन् २००० मा बनाइएको हो।
कार्टुनका मुख्य पात्रहरू :
म्याट : उनी यो कार्टुनको प्रमुख पात्र हुन्। उनी ११ वर्षीय बालक हुन्। उनलाई स्केट बोर्ड र विभिन्न सामानहरू जम्मा गर्न मन पर्छ। उनले विभिन्न रामाइला चुट्किला सुनाउँछन् र खेलमा पनि धेरै रुचि राख्छन्। उनको सुन्तला रङको कपाल छ। उनले प्राय: नीलो रङको टिसर्ट लगाउँछन्। उनीसँग शेरम्यान नामको सुँगुर पनि छ। उनको साथी इन्जले उनलाई ‘नेजी’ भनेर बोलाउँछन्।
ज्याकी : ज्याकी ११ वर्षीय बालिका हुन्। उनी सामानलाई सफा र मिलाएर राख्न मन पराउँछिन्। उनको कालो कपाल छ। उनले पहेँलो स्विटरसँग आकाशी रङको स्कर्ट लगाउँछिन्।
इन्ज : उनी नौ वर्षीया बालिका हुन्। उनको कपालको रङ खैरो छ। उनी गुलाबी लामो टिसर्ट लगाउँछिन्। उनी आफ्नो समूहकी सबैभन्दा कम उमेरकी चतुर पात्र हुन्।
डिजिटल लेबोइड : उनको उपनाम ‘डिड्ज’ हो। उनले मदरबोर्डको लागि काम गर्छन्। उनी बालबालिकाका मिल्ने साथी पनि हुन्। उनी बालबालिकासँग मिलेर मदरबोर्ड र साइबरस्पेसलाई ह्याकरबाट रक्षा गर्छन्।
ह्याकर : उनलार्ई ‘द ह्याकर’को नामले पनि चिनिन्छ। उनी यो कार्टुनको मुख्य खलपात्र हुन्। उनी पागल वैज्ञानिकको रूपमा पनि चिनिन्छन्। उनको छाती केही झुकेको र खुट्टा ससाना छन्। उनको छालाको रङ हरियो छ।
बज : उनको निकनेम ‘बुजी’ हो। उनी ह्याकरको समर्थक हुन्।
डिलिट : उनको निकनेम ‘डीडी’ हो। उनी ह्याकरको इमानदार सहायक हुन्। उनले कहिलेकाहीँ साइबरस्पेसको पनि मद्दत गर्छन्।
कार्टुनका अन्य पात्रहरूमा मदरबोर्ड, डाक्टर मार्बलस, फल्फ, क्रिच, जुल्स, स्लाइडर आदि रहेका छन्।