सिन्धुलीमा आगलागी : १७ लाख क्षति

सिन्धुलीमा आगलागी : १७ लाख क्षति

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-७ स्थित माझिटारमा गएराती एक किराना पसल, होटल र मासु पसलमा आगलागी भएको छ । 

आगलागीबाट १७ लाख बराबर क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तीनपाटन गाउँपालिका-२ का  सेम श्रेष्ठको किराना, मासु पसलमा र तीनपाटन गाउँपालिका-६ का निरोज थापाको होटलमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट श्रेष्ठको किराना तथा मासु पसलमा १० लाख बराबरको क्षति भएको छ भने थापाको होटलमा रहेको खाद्यान्न, लत्ताकपडा जली  ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको  छ ।

कमलामाई नगरपालिकाको दमकलसहित नेपाली सेना र स्थानीयको सक्रियतामा आगो राती नै नियन्त्रणमा लिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.