केटी बन्ने सपना पूरा भएपछि...

केटी बन्ने सपना पूरा भएपछि...

ज्याज जेनिंग्स अमेरिकन युट्युव व्यक्तित्व, प्रवक्ता, टेलिभिजन व्यक्तित्व र एलजीबीटी अधिकार कार्यकर्ता हुन् । ट्रान्सजेन्डर स्टार ज्याज जेनिंग्सले आफ्नो लिंग परिवर्तनका चरणहरु पूरा गरेकी छन् ।‘आइ एम ज्याज’नाम गरेको कार्यक्रमको नँया एपिसोडमा ज्याज जेनिंग्स साथीहरुसँग समुन्द्री सतहमा गर्वका साथ कालो र सेटो स्विमसुटमा रमाइरहेकी छन् । 

केटी बन्नु उनको पुरानो सपना हो । यो सपना उनले २ वर्षको उमेरदेखि देख्न थालेकी थिइन् । लिंग परिवर्तन प्रक्रिया सफल भएपछि १८ वर्षीया ज्याजले पहिलो पटक स्विमिग सुट लगाउन पाएकी छिन् । डर लाग्दो शल्यक्रिया र गाह्रो उपचारपछि पुःन आफ्नो जीवन खुशीसाथ बाँच्न सक्नु उनको लागि चुनौतीको विषय हो ।

‘हेर मसँग यौनी छ,’ जेनिंग्स गर्वका साथ भन्छिन् । समुन्द्री सतहमा जान पाँउदा मलाई निकै खुशी लाग्छ र अबदेखि पौडी खेल्दा मैले स्विमङसुट मजाले लगाउन सक्छु ।

जेनिंग्सलाई डियराफिल्ड फ्रन्ट पार्कमा पानीमा घुम्दै गरेको देखाइएको थियो । समुन्द्री किनारमा महिला साथीसँग उनी रमाउँदै थिइन् । उनी हालै न्यूयोर्कको यात्राबाट फर्किएकी छिन् । न्यूयोर्कमा उनले शल्य चिकित्सक र प्रेमी आहिर स्टीवर्डलाई भेटेकी थिइन् । 

समुन्द्री सतहमा धेरै आर्कषक व्यक्तिहरु रमाइलो गरिरहेका छन्  । उनी आफ्ना साथीहरुलाई सोध्छिन्, ‘मेरो प्रेमी हुँदाहुदै म अरु केटालाई हेर्दैछु, के यो खराब हो?’ उनी सेवार्डसँगको सम्बन्धको लागि आफ्ना साथीहरुसँग सल्लाह पनि माग्छिन् । 

'आइ एम ज्याज'ले २०१५ देखि नै जेनिंग्सको जीवन कहानी पछ्याउँदै आएको छ । यसले दर्शकलाई ट्रान्सजेन्डर युवाको काँधमा 'टिपिकल टीन ड्रामा'को यात्रा गर्न अन्तरदृष्टि प्रधान गर्छ । कार्यक्रमले युवा ट्रान्स बच्चाहरुलाई उनीहरुको वास्तविकता अंगाल्न प्रेरणा दिएकोमा व्यापक प्रशंसा प्राप्त गरेको छ । 

रियालिटी टिभी कार्यक्रमको नँया सिजनले उनको जीवनको शल्यक्रियापछि सामाजिक जीवन, सम्बन्धहरु र महिलाका रुपमा पहिलो अनुभव जस्तै महिलाको कपडा किन्ने जस्ता विषय दर्शकहरु माझ देखाएको छ । उनको पहिलो सम्बन्धको यात्रा र समुन्द्रको किनारमा साथीसँगको कालोसेतो स्विमसुटमा रमाउँदाको पललाई कैद गरेको छ । 

जेनिंग्सले गत गर्मी महिनामा शल्यक्रियापश्चात पाएको नारीपन पूर्ण रुपले अंगालेकी छन् । ‘शल्यक्रियापछि मैले मेरो वास्तविक आत्मासँग बलियो सम्बन्ध रहेको महसुस गरेकी छु । 'मरो आत्मविश्वास दशगुणा बढेको छ र यो मेरो लागि राम्रो हो।,’ उनले ट्वीट गरेकी छिन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.