साइकल जोगाउन खोज्दा बस पल्टियो

साइकल जोगाउन खोज्दा बस पल्टियो

चितवन : पूर्व-पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका-१ ज्यामीरेमा बुधबार दिउँसो साइकललाई जोगाउन खोज्दा यात्रुवाहक बस पल्टिएको छ। लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा४ख १३७० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा आफैं अनियन्त्रित भई सडकबाट २० मिटर तल नालीमा पल्टिएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन्। उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। साइकलमा सवार दुई जना र बसमा सवार आठ जना घाइते भएका हुन्। घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.