बिग बासमा सन्दीपको उत्कृष्ट बलिङ

बिग बासमा सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन्। बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले बुधबार पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै दुई विकेट लिए।

सन्दीपले तीन ओभर मात्र बलिङ गरे। उनले आफ्नो पहिलो ओभरमा बिना विकेट तीन रन खर्चिए भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट चार रन दिए। सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट लिए। उनले तेस्रो बलमा क्रिस जोर्डन तथा चौथो बलमा झाई रिचर्डसनको विकेट लिए। सो ओभरमा उनले कुनै रन खर्चिएनन्। सन्दीपले विपक्षी खेलाडीलाई छक्का र चौकासमेत प्रहार गर्न दिएनन्।  
 

यस सिजनको बिग बासमा सन्दीपले हालसम्म ९ खेल खेल्दै ११ विकेट लिएका छन्। सन्दीपको टोली मेलबर्न स्टार्सले टस हारेर पहिले बलिङ गरेको थियो। विपक्षी टोली पर्थले १३.५ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन मात्र बनायो। ८७ रनको लक्ष्य पाएको मेलबर्नले १२ ओभरमा २ विकेट गुमाएर ८९ रन बनाउँदै जित हात पार्‍यो । लिगमा सन्दीपको टोली मेलबर्न १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। मेलबर्नले हालसम्म १० खेल मध्ये ९ मा जित हात पारेको छ। सन्दीपले चोटका कारण एक खेल गुमाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.