बालुवाटार जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

बालुवाटार जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

काठमाडौं : बालुवाटारस्थित ललिता निवास जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ। बुधबार साँझ स्वयम्भू नजिकै ढुंगेधारामा रहेको ढकालको घरमा बम विस्फोट भएको हो। 

काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार नागार्जुन नगरपालिका वडा नम्बर १ को नर्सरी चोकमा रहेको ढकालको घरमा विस्फोट भएको हो। 

बालुवाटरको १४३ रोपनी जग्गा खरिद गर्नेमा ढकाल पनि एक हुन्। विस्फोटले घरको सिसा फुटको छ भने गेटमासमेत क्षति पुगेको छ। 

प्रहरीले अज्ञात समूहले बम विस्फोट गराएको बताएको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विस्फोटको विषयमा  अनुसन्धान भइरहेको जानकारी दिए। विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन। 

प्रहरीले अज्ञात समूहले विस्फोट गराएको बताए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि आशंका गरेको छ। सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यो समूहका सयांै नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। 

विस्फोटस्थलमा विप्लव समूहको पर्चासमेत भेटिएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.