पाँचथरमा बन्यो नयाँ भ्यू टावर (फाेटाे/भिडियो)
फिदिम : पाँचथरको फिदिम नगरपालिका–२ रमितेमा भ्यू टावर निर्माण सम्पन्न भएको छ । दृश्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको रमिते डाँडामा भ्यू टावर बनेपछि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । नयाँ सहर निर्माण आयोजना अन्तर्गत तीन करोड नौ लाख रुपैँया लागतमा दुई तले ‘टावर’ निर्माण गरिएको हो ।
उक्त स्थानमा टावरसहित चमेनागृह,ग्यालरी हाउस (म्युजियम), बगैँचा र पोखरीसमेत निर्माण गरिएको छ । यहाँबाट सगरमाथा, कुम्भकर्ण, कञ्चनजंघा मकालु,पाथिभरा मन्दिरलगायत आधा दर्जन भन्दा बढी हिमाल अवलोकन गर्न सकिन्छ । टावर निर्माणभएसँगै दैनिक पाँच सयको हाराहारीमा पर्यटक आउन थालेको यहाँका पर्यटन व्यवसायी बताउछन्।