कलिला दुई छोरासहित त्रिशुलीमा हेलिए दम्पती
![कलिला दुई छोरासहित त्रिशुलीमा हेलिए दम्पती](https://annapurnapost.prixacdn.net/media/albums/trishuli-4-jana-hamphale_20200117025907_5JDxaGdLvp.jpg)
धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ स्थित बादरेमोड छेउबाट २ महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रीशुली नदीमा हाम्फालेका छन्। काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछानेले २ र २२ महिनाका छोराहरु साथैमा लिएर बिहिबार साँझ ७ बजेतिर त्रीशुली नदिमा हेलिएका हुन्।
घटनापछि श्रीमती जमुनाको मत्यु भएको छ भने दुवै छोराहरु बेपत्ता छन् ! श्रीमान बिनयलाई भने स्थानीयले जिवितै उद्दार गरेका थिए । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ। त्रीशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
जिवितै उद्दार गरिएका बिनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन भने घटनाको अनुसन्धान भैरहेको गजुरी प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)