शुष्क अर्थतन्त्रको असर हेभी इक्विपमेन्टमा

शुष्क अर्थतन्त्रको असर हेभी इक्विपमेन्टमा

हेभी इक्विपमेन्टको प्रयोग कस्तो छ ?

अहिले हेभी इक्विपमेन्ट खरिद गरेर भाडामा लगाउनेको अवस्था नाजुक छ। धेरै हेभी इक्विपमेन्ट ग्यारेजमै थन्किएर बसेका छन्। यसले किस्ता तिर्न पनि समस्या भइरहेको छ। मुलुकको आवश्यकताभन्दा धेरै हेभी इक्विपमेन्ट भित्रिएकाले यस्तो समस्या भएको हो। तीन तहको निर्वाचनपूर्व हेभी इक्विपमेन्टको माग धेरै हुन्थ्यो। पछिल्लो समय स्थानीय तहका प्रमुखले नै हेभी इक्विपमेन्ट खरिद गर्ने गरेका छन्। यसले पुराना हेभी इक्विपमेन्टको रोजगारी खोसेको छ।

हेभी इक्विपमेन्टको व्यवसाय के कारणले सुस्त हुन गयो ?

दुई वर्ष अघिसम्म हेभी इक्विपेन्टको संख्याभन्दा माग धेरै थियो। तत्कालीन समयमा पुनर्निर्माण र स्थानीय तहमा पनि निर्माणसम्बन्धी काम तीव्र गतिमा हुन्थ्यो। अहिले विकास खर्च पनि पर्याप्त हुन सकेको छैन। ठेकेदारले पनि समयमा भुक्तानी प्राप्त गरेका छैनन्। भुक्तानी सुनिश्चितता नहुँदा विकास निर्माणका काम अघि बढेका छैनन्। मुलुककै अर्थतन्त्र सुस्त भएकाले यसको असर हेभी इक्विपमेन्टमा पनि देखिएको हो।

मुलुकलाई कति संख्यामा हेभी इक्विपमेन्टको आवश्यकता छ ?

हालसम्म मुलुकभर करिब २२ हजार हेभी इक्विपमेन्ट दर्ता छन्। यीमध्ये ४० प्रतिशतभन्दा धेरै पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैन। आवश्यकताभन्दा धेरै मेसिन भित्रिएकाले यस्तो समस्या आएको हो। विकास निर्माणका काम हेभी इक्विपमेन्टबाट सम्भव हुने हो। त्यसैले राज्यले हेभी इक्विपमेन्टको आयातमा भन्सार छुट दिने गरेको छ। आवश्यकताको आधारमा मात्र हेभी इक्विपमेन्टको आयात गर्ने व्यवस्था गर्नुपर्छ। अहिलेको जस्तै अवस्था रहने हो, भाडामा हेभी इक्विपमेन्ट लगाउनेसँग बैंकको किस्ता तिर्ने पैसा पनि हुँदैन।

कस्तो प्रकारको हेभी इक्विपमेन्टको प्रयोग बढ्दो छ ?

एक्जाभेटर र ब्याकहोलोडरको प्रयोग धेरै हुने गरेको छ। खन्ने र बोक्ने उपकरण एउटै मेसिनमा हुने र गुडाउन मिल्ने भएकाले सहरी क्षेत्रमा ब्याकहोलोडरको प्रयोग धेरै हुन्छ। पहाडी र जोखिमयुक्त क्षेत्रमा एक्जाभेटरको प्रयोग हुन्छ। एक्जाभेटरमा चेनको चक्का हुने भएकाले उभरखावड तथा भिरालो जमिनमा पनि सहजै प्रयोग गर्न सकिन्छ। झन्झटिलो र ठूलो हुने भएकाले पछिल्लो समय बुलडोजरको प्रयोग कम छ। सुरुका दिनमा हेभी इक्विपमेन्ट भनेकै बुलडोजर हुन्थ्यो। एक्जाभेटर र ब्याकहोलोडरमा नविनतम प्रविधि प्रयोग हुने भएकाले पनि यसतर्फ आकर्षण छ। काम गर्न पनि सजिलो हुन्छ। बुलडोजरको तुलनामा एक्जाभेटर र ब्याकहोलोडरमा इन्धन खपत पनि न्यून छ।

हेभी इक्विपमेन्ट बिक्री गर्ने कम्पनी दर्जनौं छन्। बिक्रीपछिको सेवा कस्तो पाउनु भएको छ ?

धेरै कम्पनी बिक्री केन्द्रित छन्। बिक्रीपछिको सेवाभन्दा पनि धेरैभन्दा धेरै हेभी इक्विपमेन्ट बिक्री गर्न नै कम्पनी तल्लीन देखिन्छन्। नयाँ हेभी इक्विपमेन्टमा एक वर्षसम्मको वारेन्टी हुने गरेको छ। नयाँ हेभी इक्विपमेन्ट एक दुई वर्षसम्म खासै समस्या आउँदैन। त्यसपछि समस्या देखिन सुरु हुन्छ। एउटा सामान फेर्न पनि लाखौं रुपैयाँ खर्च हुन्छ। मेकानिक्सले पनि कमिसनको लोभमा सबल सामान पनि फेरिदिन्छन्। यसले गर्दा पनि पुराना हेभी इक्विपमेन्ट मर्मत गर्न झन्झटिलो छ।

नेपालमा दक्ष हेभी इक्विपमेन्ट अपरेटरको पनि अभाव छ। २२ हजार हेभी इक्विपमेन्ट कसरी सञ्चालन भइरहेका छन् ?

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त अपरेटर करिब आठ हजार हाराहारी छन्। बाँकी मेसिनबिना लाइसेन्सका चालकले सञ्चालन गरिरहेका छन्। यसले पनि विभिन्न समयमा दुर्घटना नित्याउने गरेको छ। अहिले भित्रिएका मेसिन अत्याधुनिक प्रविधिको छ। लाइसेन्स प्राप्त अपरेटरसँग पनि प्राविधिक ज्ञानको अभाव छ। मेसिनमा देखिने सामान्य समास्या हल गर्न पनि प्राविधिककै भर पर्नुपर्ने अवस्था छ। अपरेटरलाई दक्ष बनाउन विक्रेता कम्पनीले विभिन्न समयमा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्ने हो। त्यस्तो हुन सकेको छैन। एउटा लाइसेन्स प्राप्त अपरेटरले स्वदेशमै बसेर ६० हजार रुपैयाँभन्दा धेरै कमाउन सक्छ। तर उनीहरू स्वदेशमा भन्दा पनि विदेश जान बढी लालाहित छन्।

विकास निर्माणको क्षेत्रमा अन्धाधुन्दा हेभी इक्विपमेन्टको प्रयोग हुने गरेको गुनासो व्यापक छ ? यसलाई कम गर्न महासंघले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?

छिटो र छरितो निर्माण कार्यका लागि हेभी इक्विपमेन्टको प्रयोग गरिन्छ। मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै सिंहदरबारको रकम गाउँगाउँमा पुगेको छ। गाडी गुड्ने सडकले घर आगन छोएमा हामी त्यसलाई विकास ठान्छौं। स्थानीयतहले पनि विकासका नाममा इन्जिनियरिङ सर्भेबिना बाटो बनाएका छन्। यसले ठूलो विपत्ति नित्याएको देखिरहेका छौं। यसलाई रोक्न महासंघले गत वर्षदेखि इन्जिनियरिङ, सर्भे र डिजाइन नभएको सडक खन्ने कार्यमा हेभी इक्विपमेन्ट प्रयोग नगर्ने नीति अवलम्बन गरेको छ। तर, स्थानीय सरकार प्रमुखकै रोहबरमा हेभी इक्विपमेन्ट खरिद कार्य हुने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.