पास्‍नी गर्न हिँडेका परिवार त्रिशूलीमा हामफालेपछि‍‍‍‍‍‍‍‍‍‍‍‍..

पास्‍नी गर्न हिँडेका परिवार त्रिशूलीमा हामफालेपछि‍‍‍‍‍‍‍‍‍‍‍‍..

धादिङ : बेनिघाट रोराङ गाउँपालिका-४ स्थित बाँदरे मोडछेउबाट ६ महिने शिशुसहित एकै परिवारका चार जना त्रिशूली नदीमा हाम्फालेपछि बेपत्ता भएका दुई बच्चाको खोजी कार्य जारी छ। काठमाडौं चन्द्रागिरीका विनय लामिछाने र जमुना रेग्मी लामिछानेले ६ र २२ महिनाका छोरा साथैमा लिएर बिहीबार साँझ करिब ६ बजे त्रिशूली नदीमा हाम्फालेका थिए।

त्रिशुलीमा हाम्फालेलगत्तै श्रीमान विनयको स्थानीयबासीले जिवितै उद्धार गरे भने श्रीमती जमुनालाई मृत अवस्था भेटिएको थियो। नदीमा हाम्फाल्नुअघि लामिछाने दम्पतीसँग प्रत्यक्ष भेटेकी बाँदरेमोडकी होटल सञ्‍चालिका बदनकुमारी श्रेष्ठको बयान जस्ताको त्यस्तै:

‘बुढाबुढी गाडीबाटसँगै झरे। सिमसिम पानी परिरहेको थियो। उनीहरुले छाता पनि किन्न खोजे। यता वरिपरि पसल थिएन। श्रीमानले छोराहरु बोकेपछि श्रीमती शौचालय गइन। श्रीमती नआउन्जेलसम्म यताउती हेरे। पारी जाने बाटो खोजेको होला भन्ने लाग्यो। बच्चा बोकेर यहीँ उभिरहेका थिए।

उनीहरुले दुध पनि बट्टामा बोकेर ल्याएका रहेछन्। शौचालयबाट फर्केर आएपछि उनीहरुले उत्तापट्टि मेरो बहिनीको घरमा उनीहरुले नै ल्याएको दुध तताएर सानो छोरालाइ खुवाए। बहिनीका छोराहरुले बच्चालाई ताली बजाएर जिस्काए हँसाए पनि। एकछिनसम्म यतै बसे त्यसपछि यही झोलुङगे पुल तरेर उनीहरु पारीपट्टि गए। होटलमा दिनहुँ सयौँ मान्छेहरु आउने जाने गर्छन्, को कहाँ कता जान लागेको केहि पनि सोधिएन।

केहिबेरमा मान्छे बगायो-बगायो भन्ने हल्लाखल्ला भयो। मेरो बहिनीको छोराहरु कायक चलाउथ्यो। हत्तपत्त उनीहरु कायक लिएर दौडिए, केही बेर तल पुगेपछि केटाहरुले बुढाबुढीलाई निकालेछन् बच्चाहरु फेला परेनन्। उनीहरु त्यहीँ दम्पती रहेछन्, केहिअघि यही बसेर बच्चालाई दुध खुवाएर गएका थिए। भक्कानिदै श्रेष्ठले भनिन्, ‘पानीमा ती बच्चाहरुलाई कस्तो भयो होला? कति निसास्सिए होलान? बरु बच्चा यही छाडेर गएको भए मै पालिदिन्थे।’

बेपत्ताहरुको बिहानैबाट खोजी कार्य जारी रहेको छ। त्रिशूली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको छ। जिवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको गजुरी प्रहरीले जनाएको छ।

बेपत्ता मध्ये सानो छोराको शुक्रबार पास्नी थियो। चन्द्रागिरीस्थित घरमा सुत्केरी परेको हुनाले जमुनाको माइतीमा पास्नी गर्ने योजना अनुरुप उनीहरु बिहीबार नै धादिङतर्फ आएका थिए। तर माइती रहेको आदमघाट बजारमा नझरी उनीहरु बाँदरे पुगेर ओर्लिएका थिए।

जमुनाको शव फेला परेको ठाउँमा मुचुल्का गर्दै इलाका प्रहरी कार्यलय गजुरीको टोली


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.