आपत्कालीन राहत सामग्रीमा बियर

आपत्कालीन राहत सामग्रीमा बियर

अस्ट्रेलियाका विभिन्न भागमा डढेलो लागेको छ। आगलागीका कारण केही मान्छेले ज्यान गुमाएका छन्। 

अस्ट्रेलियाको जलसेना (नेभी) ले आगलागीमा फसेकाहरूको उद्धार गरिरहेको छ। दैनिक अत्यावश्यकीय सामग्री वितरण गरिरहेको छ। हजारौँलाई उद्धार गर्दै राहत सामग्री वितरण गरेको छ। गत शुक्रबार उसले एक ग्रामीण होटललाई बियर पनि उपलब्ध गरायो। ‘राहत सामग्रीको सूचीमा बियर पनि थपिएको यो अनौठो घटना हो’– धेरैको प्रतिक्रिया छ।

रक्षा विभागका एक जना प्रवक्ताले विश्वप्रसिद्ध समाचार संस्था ‘एएफपी’सँग अन्य राहत सामग्रीसँगै नेभीले एउटा होटललाई बियर पुर्‍याएको पुष्टि गरेका छन्। कार्लटन एन्ड युनाइटेड ब्रुअरिजले सेर्बेरस नौसैनिक आधारमा हेलिकप्टरबाट मदिरा खसालिएको बतायो। मालाकुटा होटलमा २० ड्रम बियर पुर्‍याइएको थियो। 

मालाकुटा सानो नगर हो। यहाँ करिब हजार जना नागरिक बसोबास गर्छन्। ‘मालाकुटाका बासिन्दाले नराम्रो समय भोगेका छन्,’ कार्लटनका प्रमुख कार्यकारी अधिकृत पिटर फिलिपोभिचले भने, ‘यस्तो बेलामा उनीहरूलाई एक गिलास बियरले ठूलो राहत दिन सक्छ। यस्तो विपद्का बेलामा नेभीले बियर वितरण गरेको थियो कि थिएन, मलाई थाहा छैन।’ दुःखका बेला बियर खान पाएकोमा मालाकुटाका बासिन्दा खुशी भएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.