‘साइलेज’ प्रविधिले किसानलाई राहत

‘साइलेज’ प्रविधिले किसानलाई राहत

भद्रपुर : झापामा पशुपालन व्यावसायमा साइलेज प्रविधिले किसानलाई ठूलो राहत दिएको छ। यसबाट किसानका पशुपालन पद्धतिमा परिवर्तन गराई आधुनिकरणतर्पm रुपान्तरण हुने क्रम बढ्दो छ।

हरियो घाँसलाई खाडलमा राखेर अमिल्याइएको घाँसलाई साइलेज भनिन्छ। यो गुन्द्रक वा सिन्कीजस्तै गरेर बनाइने हुँदा यसलाई सिन्की घाँस पनि भन्ने गरिन्छ। झापामा तयारी साइलेज घाँसको प्रयोग गर्ने किसानको लागत मूल्यमा समेत कमी आई उत्पादनमा पनि वृद्धि आएको छ। यद्यपि, जिल्लामा प्रशस्त खाली जग्गा भए पनि सरकारले साइलेजका लागि चाहिने मकै लगाउने जग्गा उपलब्ध नगराइदिएको किसानको गुनासो छ।

पशुपालन व्यवसायी नरेन्द्रप्रसाद गुरागाई भन्छन्, ‘साइलेज प्रविधिको प्रयोगले पशुपालक किसानलाई फाइदा भएको छ। गाईले साइलेज घाँस खान थालेपछि दूधको मात्रा पनि बढाएका छन्। दानाको खर्च पनि भएन। ४ भागको १ भागमात्र दाना प्रयोग गर्दा हुन्छ।’

सहजतासँगै साइलेजका लागि समस्याबारे गुरागाईले भने, ‘किसानसँग प्रशस्त जग्गा छैन। महँगो जग्गा भाडामा लिएर मकैखेती लगाइरहेका छन्। बाँझै रहेका जमिनमा सरकारले किसानलाई खेती गर्न दिने व्यवस्था मिलाइदिनुपर्ने गुरागाईले बताए।

हरियो घाँसलाई खाडलमा राखेर अमिल्याइएको घाँसलाई साइलेज भनिन्छ।

भारतको पञ्जावमा मात्र उपलब्ध हुने एडभान्टा जातको मकै झापाका कृषकले ३ वर्षदेखि व्यावसायिक रूपमा साइलेजलाई घाँसका रूपमा खुवाउने गरेका छन्। उक्त मकैको जीवनप्रति केजी नेपाली ५ सय रुपैयाँ पर्छ। प्रतिबोट २ घोघा लाग्ने गर्छ। झापाका केही किसानले साइलेज तयार गरेर पनि बिक्री गर्ने गरेका छन्।

सुरुंगाका किसान हरि कार्कीले जग्गा भाडामा लिएर साइलेज तयार गरेर बिक्री गर्दै आएका छन्। उनले गत वर्ष मात्र १ लाख २० हजार केजी साइलेस घाँस तयार गरेर बिक्री गरेका थिए। यो प्रविधिमा १ बिघामा १२ केजी बिउ लाग्छ। उक्त मकै रोपेको ७० दिनमा घोघा लाग्छ। घोघा लागेपछि दुधिलो अवस्थामा उक्त मकै हार्भेस्टरले काटिन्छ। मजदुरको झन्झट नपर्ने हुँदा पछिल्लो समय झापाका किसान ठूलो संख्यामा गाई र बाख्रा पाल्नेले पशुलाई दानाको ठाउँमा साइलेज घाँस नै खुवाउने गरेका छन्।

हार्भेस्टले काटेर धुलो पारिने साइलेजका लागि झापामा ८० बिघा जग्गामा मकै लगाउँदै आएका किसानले २४ लाख केजी साइलेज तयार गर्दै आएका छन्। पशुपालन फर्म मिलेर जग्गा भाडामा लिएर मकै लगाउँदै आएका छन्। झापामा १ करोड २० लाख तयारी साइलेज खपत हुन्छ। हाल ४ भागको १ भाग मात्र साइलेज तयार गर्न सकिएको पशुपालन व्यवसायी बताउँछन्।जिल्लाको दमकमा १० बिघा, झापा गाउँपालिकामा २५ बिघा, मेचिनगरमा १४ बिघा, बाह्रदशीमा ४० बिघा क्षेत्रफलमा किसानले विभिन्न कृषि फर्म मिलेर मकैखेती गरेका छन्। तयारी साइलेज एउटा गाईले दैनिक २० केजी खान्छ। उक्त मकैको स्वाद अन्य मकैभन्दा गुलियो हुने भएकाले गाई, बाख्राले निकै मिठो मानेर खाने गरेको झापा पशुपालन तथा दुग्ध उत्पादन संघका अध्यक्ष एलपी सिटौलाले बताए। प्रत्येक किसानको गोठमा साइलेजको डल्ला पुर्‍याउने योजना छ। उनले भने, ‘हालसम्म मकै किसानले आफ्नै लगानीमा लगाउँदै आएका छन्। यसमा सरकारको अनुदान भइदिने हो भने किसानलाई सहज हुने र उत्पादन बढाउन पनि हौसला मिल्छ।’

झापाका अर्का बाख्रापालन व्यवसायी बुद्धशान्तिका कृषक मानबहादुर राई भन्छन्, ‘साइलेजले बाख्रालाई पनि राम्रो गर्दो रहेछ। स्वस्थ छ। चिसो लाग्दैन। दानाको तुलनामा साइलेज घाँसले बाख्रा बिरामी कम हुन्छन्।’ राईले भने फर्म खोल्न जसोतसो जग्गा जुटाइन्छ। मकै लगाउने जग्गा नै हुँदैन। कृषिमा क्रान्तिका लागि पनि सरकारले खाली जग्गा किसानलाई सदुपयोग गर्न दिनुपर्छ।

झापामा हालसम्म ९५ वटा गाईभैँसी व्यवसायी र २५ वटा बाख्रा फर्म छन्। जिल्लाबाट दैनिक ३५ हजार लिटर दूध पनि उत्पादन भइरहेको छ। यद्यपि दूधको उचित मूल्यप्रति किसानको गुनासो भए पनि दूधको मूल्य नपाइरहेको अवस्थामा महँगो दानापानी किनेर खुवाउनुभन्दा साइलेज खुवाउँदा कृषकले केही मात्रामा नाफा आर्जन गरेको अवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.