सहयोगापेक्षी मुक्त कर्णाली : घर भएका नै मन्दिरका मगन्ते

सहयोगापेक्षी मुक्त कर्णाली : घर भएका नै मन्दिरका मगन्ते

सुर्खेत : वीरेन्द्रगर बजार भित्रै घर भएका सम्पन्न परिवारका सदस्य पनि मन्दिरमा मगन्तेका रूपमा बस्ने गरेको पाइएको छ। कामै नगरी सहज रूपमा कमाइ हुने भएपछि सहरमा घर भएकाहरू पनि मन्दिरमा पेसेवर मगन्तेका रूपमा बस्ने गरेको अनुगमनका क्रममा फेला परेका छन्।

प्रदेशलाई नै सहयोगापेक्षी (सडक मानवमुक्त) बनाउन गरिएको अनुगमनमा सुर्खेतको प्रशिद्ध धार्मिक क्षेत्र देउती बज्यै मन्दिरमा हुनेखानेहरू नै मगन्तेका बीचमा बसेर सहयोग मागिरहेको पाइएको हो। प्रदेश सरकार प्रतिनिधि र नगरपालिकाले गरेको अनुगमनमा काम गरि खान भन्दा माग्न सहज हुने भन्दै मन्दिर परिसरमा माग्न बसेको भेटिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ।

बेसहारालाई मन्दिरबाट उद्धार गरि मानवसेवा आ श्रममा राख्ने उद्देश्यले गरिएको अनुगमनमा हुने खाने परिवारका सदस्य नै माग्न बसेको भटिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाइएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन्। ‘मन्दिरमा बसेका सबै बेसहारा हुन् भन्दै सबैले सहयोग दिन्छन्। तर त्यहाँ जाँदा केही व्यक्तिहरूले बेसहाराको बहाना गर्दैै पेसेवर रूपमै माग्न बसेको पाइयो,’ उनले भनिन्, ‘काम गरि खान दुःख हुने भन्दै उनीहरूले माग्ने कामलाई पेसा नै बनाएका रहेछन्।’

त्यहाँ माग्न बसेका अन्य बेसहारासहित उद्धार गरेर शनिबार परिवारको जिम्मा लगाइएको छ। यस्ता पेसेवर मगन्ते सात जना भेटिएको उपप्रमुख ढकालले बताइन्। ‘बालकदेखि वयस्कसम्म भेटिए। बजारमै घर भएका हुनेखाने नै माग्न बसेको देख्दा अचम्म लाग्यो। हामीले लिएकै दिन कतिपय परिवारका सदस्य आएर उनीहरूलाई घर फिर्ता लगे। केहीको खोजी गरेर आफैं जिम्मा लगायौं।’

शनिबार कर्णाली प्रदेश सरकारले प्रदेशलाई नै सहयोगापेक्षी (सडक मानवमुक्त) प्रदेश घोषणा गरेको छ। यस्तै दर्शनार्थी धेरै आउने देउती बज्यै मन्दिरमा पनि माग्न निषेध गरिएको छ। सडक मानवमुक्त घोषणा गर्ने कर्णाली पहिलो प्रदेश हो। अब यहाँका कुनै पनि मन्दिर वा सार्वजनिक स्थानमा कसैले माग्न पाउनेछैनन्।

यदी कुनै व्यक्ति सडकमा बसेर मागेको थाहा पाउनेबित्तिकै प्रदेश सरकारले तत्काल उद्धार गरि मानवसेवा आ श्रममा राख्ने योजना बनाइएको छ। सडकमा बसेर माग्नुको कारण सोधपुछपछि घर तथा परिवार सदस्य भएका व्यक्तिलाई परिवारसँग पुर्नमिलन गराइने छ। परिवारविहीनलाई आ श्रममै राखिने छ।

प्रदेशका दशवटै जिल्लाका सडकमा बसेर सहयोग माग्ने व्यक्तिरहित बनेपछि शनिबार कर्णाली प्रदेशलाई देशकै पहिलो सहयोगापेक्षी ‘सडक मानवमुक्त’ प्रदेश घोषणा गरिएको हो। प्रदेशभर रहेका बेसहारा, असहाय, अशक्त र अभिभावकविहीनलाई उद्धार गरेर मानवसेवा आ श्रममा राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकेले बताए। यस्ता बेसहाराको संरक्षण अब प्रदेश सरकारले नै गर्ने उनले बताए।

प्रदेशका विभिन्न जिल्लामा अभियान नै सञ्चालन गरेर ५३ जना बेसहाराको उद्धार गरेको छ। उद्धार गरिएकालाई वीरेन्द्रनगरस्थित मावनसेवा आ श्रममा राखिएको छ। मानसिक रोग पीडित भएर सडकमा माग्न बसेका, बेसहारा बालबालिका, सन्तानविहीन विपन्न बृद्धबृद्धाको उद्धार गरि आ श्रममा संरक्षणका लागि राखिएको आ श्रमका संयोजक सिर्जना ओलीले बताइन्। आ श्रममा रहेका ५३ जना सडक बालबालिका, अशक्त, अपांग र मानसिक रोगीहरुमध्ये हालसम्म १३ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ।

प्रदेशलाई ‘सडक मानवमुक्त’ बनाउन आवश्यक भौतिक संरचना निर्माण तथा व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले मावनसेवा आ श्रमलाई एक करोड रुपैयाँ दिने निर्णय पनि गरेको छ। यो रकमबाट आ श्रमको भवन निर्माण गरि बेसहारालाई सहारा दिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। उनले भने, ‘बेसहाराका लागि सहारा दिने सरकार छ भनेर अनुभूति दिलाउन हामीले यो अभियान चालेका हौं। अब सडकमा बसेर माग्न दिइने छैन, सबैलाई आफैं गरेर खानुपर्छ भन्ने भावना विकास होस्।’

बेसहाराको उद्धार, पालपोषण, उपचार तथा पारिवारिक पुनर्मिलन गराउने दायित्व प्रदेश सरकारले लिएको सामाजिक विकासमन्त्री दलबहादुर रावले बताए। ‘मन्दिरमा गएर पुजा गर्नूभन्दा गरिब, दुःखीको सेवा गरे धर्म लाग्छ,’ उनले भने, ‘यस अभियानमा सबै निकायको सहयोगको खाँचो छ।’ सहयोगापेक्षी प्रदेश घोषणासँगै उद्धार गरिएका सडक मावनहरू सुर्खेतमा सबैभन्दा बढी भेटिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.