ओली -प्रचण्ड वार्तापछि सचिवालय बैठक बस्दै : सभामुखमा अग्‍नीको संभावना बलियो

ओली -प्रचण्ड वार्तापछि सचिवालय बैठक बस्दै  : सभामुखमा अग्‍नीको संभावना बलियो

काठमाडौं : प्रधानमन्‍त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आइतबार बिहान भएको तीन घन्टा लामो छलफलपछि सभामुख चयनको विषय लगभग टुंगिएको छ।

पहिले पनि सभामुख तत्कालीन माओवादीको भागमा भएकोले माओवादीबाटै सभामुख चयन गर्ने सहमति भएको हो। सभामुखका लागि अग्‍नी सापकोटाको नाममा दुई अध्यक्षबीच मोटामोटी सहमति बनेको स्रोतले बतायो। तर औपचारिक निर्णय हुन बाँकी छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्‍त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" बीच पार्टी सचिवालयको बैठक बोलाउन सहमति भएको तर  सभामुख बन्‍ने पात्रको सम्बन्धमा छलफल जारी रहेको जानकारी दिएका छन्।

बालुवाटार वार्तापछि अध्यक्ष प्रचण्डले पार्टीका बरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल,बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतसँग परामर्श गरेका छन्।अपरान्ह बस्‍ने  सचिवालय बैठकमा पार्टी नेता सापकोटाको नाम सभामुखको उम्मेदवारको रुपमा पेस गर्ने तयारी प्रचण्डले गरेका छन्। 

ओली र प्रचण्डबीच भएको छलफलपछि अपरान्ह ४ बजे सचिवालय बैठक बोलाइएको छ। सचिवालय बैठकले सभामुख चयनको विषयलाई औपचारिक रुपमा टुंगो लगाउने गरी एजेन्डा तयार गरिएको छ। सभामुख चयनमा पार्टीभित्रको आन्तरिक किचलोका कारण झन्डै एक महिना संसद बन्धकजस्तै भएको छ। 

अपरान्ह बस्‍ने सचिवालय बैठकले सभामुखको नाम टुंगो लगाएपछि स‌ंसदको भोलिको बैठकमा सभामुख निर्वाचनसम्बन्धी कार्यक्रम पेस गर्ने तयारी गरिएको छ। भामुखका लागि नेकपाभित्रैबाट सुवास नेम्वाङ, उपसभामुख शिवामाया तुम्बाहाङ्फेको नाम पनि चर्चामा छ। सभामुखका लागि दाबेदारी गर्दै आएकी उपसभामुख शिवामायालाई राजीनामा दिन पार्टीले औपचारिक रुपमा निर्देशन दिइसकेको छ। सोमबारसम्ममा उनले राजीनामा दिने संभावना छ। 

संसद‌्‌को हिउँदे अधिवशेन पुस ४ गते प्रारम्भ भए पनि नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण संसदको बैठक बस्‍न सकेको छैन। पटक-पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ।सभामुख चयनमा आन्तरिक भागबन्डाको विवाद टुंगो लगाउन एक महिनादेखि पटकपटक वार्ता र छलफल भए पनि यो विषय झन् पेचिलो बन्दै आएको छ। तत्कालीन एमाले पक्ष पहिलेका सभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउनुपर्ने पक्षमा छ भने तत्कालीन माओवादी पक्षले तत्कालीन सभामुख कृष्णबहादुर महराले छोडेको पद आफ्नो पक्षको भागमा परेकोले माओवादी पक्षबाट चयन हुनुपर्ने अडान लिएको छ। माओवादीबाट सभामुखका लागि देव गुरुङ र पम्फा भुसालको नाम चर्चामा छ। 

दुई पक्षबीचको तानातानीमा उपसभामुख तुम्बाहाङ्फेले आफू नै उपयुक्त उम्मेदवार रहेको दाबी गर्दै आएकी छिन्। प्रधानमन्‍त्री र पार्टी अध्यक्षले आग्रह गर्दा पनि उनले राजीनामा दिएकी छैनन्। उपसभामुखको राजीनामा नआउँदा सभामुखको चयनको विवाद थप जटिल बनेको छ।शिवमायालाई सभामुख बनाउँदा महिलालाई अवसर दिएको भनेर राम्रो सन्देश जाने भनेर नेकपाभित्रैबाट उनको पक्षमा लबिङ भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.