धेरै सुत्नुका बेफाइदा
स्वस्थ रहन निद्रा आवश्यक हुन्छ। दिनमा आठ घण्टा सुतियो भने निद्रा पुग्छ। कसै–कसैको अबेरसम्म सुत्ने बानी हुन्छ। धेरै सुत्दा शरीरलाई बेफाइदा हुन सक्छ।
–ढिलोसम्म सुत्ने व्यक्तिलाई तनाव र डिप्रेसन हुन सक्छ। नौ घण्टाभन्दा बढी सुत्दा दिमागको क्षमता घट्छ। दिमाग सुस्त हुन्छ र शरीरको स्फूर्ति हराउँछ।
–धेरै सुत्ने महिलाको प्रजनन क्षमता घट्न सक्छ। धेरै सुत्दा हर्मोन स्राव र मासिक चक्रमा गडबडी आउन सक्छ।
–ढिलोसम्म सुत्ने गर्नाले वजन बढ्न सक्छ। सुतेको समयमा शरीरले कम ऊर्जा खर्च गर्छ। धेरै सुत्दा शरीरमा बोसो लाग्न थाल्छ।
–धेरै सुत्नु मधुमेहलाई निम्ता दिनुसरह हो। धेरै सुत्दा शरीर सक्रिय र फिट हुँदैन। आठ घण्टाभन्दा बढी सुत्नेलाई मधुमेह हुने जोखिम रहन्छ।