लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

मलङ्वा : भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागु औषधसहित दुईजनालाई प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गण्डकी नगरपालिका ३ का ३५ वर्षीय पुर्णबहादुर तामाङ र सुखला गण्डकी नगरपालिकावडा नम्बर ७ का ४३ वर्षीय यज्ञचन्द्र आले रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिएका छन् । 

बा १२ च ३५२७ नम्बरको कारमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले फेन्साड्रील १०० एम एलको २ सय १० बोत्तल, नाइट्राभेट ट्याब्लेट ९ सय पिस, नेपाली रुपैयाँ ३ लाख ६७ हजार, हङ्कङ डलर २४ सेन्ट र मोबाइल ५ थान बरामद गरेको छ । 

भारतको इनर्वा गाउँ हुँदै नेपाल आउँदै गरेको अवस्थामा पर्सा गाउँपालिका ५ स्थित सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले तमाङ र आलेलाई पक्राउ गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए । 

पक्राउ परेका तमाङ र आलेलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.