कार्यान्वयन भएन सहकारीको ब्याजदर

कार्यान्वयन भएन सहकारीको ब्याजदर

काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर कार्यानवयन हुन सकेको छैन। सहकारीले चर्को ब्याज असुलेर सदस्यको शोषण गरेको भन्दै सरकारले गत साउन १९ गतेदेखि कार्यान्वयन हुने गरी सहकारीको सन्दर्भ ब्याजदर निर्धारण थियो।

सरकारले सहकारीको कर्जामा १६ प्रतिशतभन्दा ब्याज बढी लिन नपाइने व्यवस्था गरेको छ। यस्तै बचत र कर्जाको अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने प्रावधान छ। तर सहकारीले कर्जामा १८/२० प्रतिशतसम्म ब्याज असुलीरहेका छन्। यसअघि सहकारीले २४/२५ प्रतिशतसम्म ब्याज असुल्दै आएका थिए।

सहकारीले गरिबी निवारणमा टेवा पुर्‍याउनुका साथै रोजगारी सिर्जना गर्नुपर्नेमा चर्को ब्याज लिएर सदस्यको शोषण गर्दै आएका छन्। कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने भएपछि केही सहकारीले कागजमा १६ प्रतिशतमै कर्जा प्रवाह गरेको देखाएपनि सेवाशुल्कका नाममा सदस्यको शोषण गर्दै आएका छन्। सहकारीले पछिल्लो समयमा सेवाशुल्कलगायत विभिन्न शीर्षकमा थप पाँच प्रतिशत असुल्दै आएको सदस्यको गुनासो छ।

सांसद भवानी खातुनले सहकारीले सरकारको निर्देशन अटेर गर्दा सदस्यले सहकारीबाट ऋण लिन डराउनुपर्ने अवस्था आएको बताए। कर्जाको सिलिङ कार्यान्वयन गर्न नियमक निकायले कडाइ गर्नुपर्छ’,उनले भने,‘सदस्य जागरुक नहुँदा पनि सञ्चालकको मनोमानी बढेको हो।’

सहकारी विभागका अनुसार देशभर ३५ हजार ८ सय ३७ सहकारी सञ्चालनमा छन्। ग्रामीण क्षेत्रका सहकारीले सीमाभन्दा कममै ऋण प्रवाह गरेपनि शहरी क्षेत्रका सहकारीले विभिन्न बाहानामा चर्का ब्याज लिइरहेका छन्। नयाँ प्रावधानअनुसार सहकारीले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएपनि कतिपय सहकारीले खुलेआम सरकारले निर्धारण गरेको भन्दा बढी ब्याजमा ऋण प्रवाह गरिरहेका छन्। तर सहकारी विभागले कारवाही गर्न सकेको छैन्।

विभागका उप–रजिस्ट्रार शशीकुमार लम्सालका अनुसार २० वटाभन्दा बढी संस्थाले तोकिएभन्दा बढी ब्याज लिएको भन्दै उजुरी परेको छ। ‘ती संस्थालाई स्पष्टीकरण सोध्नेदेखि अन्य कारबाही गर्नेसम्म प्रक्रिया अघि बढाएका छौं’, उनले भने। ब्याजदर कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहलाई समेत लेखिपठाएको लम्सालले जानकारी दिए। विभागले नियमित र सघन अनुगमनका क्रममा बढी ब्याज लिए/नलिएको अनुगमन गरेको जनाएको छ। ‘सहकारीको साधारणसभाको समय सकिएकाले अब विभागले टोली नै बनाएर ब्याजदर कार्यान्वयनबारे दुर्तगतिमा अनुगमन गर्ने तयारीमा छौं’, उनले भने।

सांसद राधा ज्ञवालीले सहकारीले लिने १६ प्रतिशत ब्याज पनि महंगो भएको बताइन्। सहकारीले नौ प्रतिशतमै कर्जा प्रवाह गर्नुपर्ने बताइन्। बचत र ऋणको अन्तर ३ प्रतिशत भए सहकारी सञ्चालन गर्न कुनै समस्या नपर्ने भन्दै सहकारीको ब्याजदर पुनवरवलोकन गर्न आवश्यक भएको बताइन्।

पछिल्लो समयमा सहकारीका सञ्चालकले कर्जा प्रवाहमा आफूखुसी गर्न थालेका छन्। तोकिएको ब्याजमा ऋण नदिन सञ्चालकले चलखेल गर्छन्। कुनै बाहानामा बढी ब्याज दिने सदस्यलाई मात्रै सञ्चालकलाई ऋण प्रवाह गर्न थालेका छन्। तोकिएकै ब्याजदरमा ऋण माग्दा विभिन्न बहानामा ऋण दिन रोकेको सहकारीका सदस्य गुनासो गर्छन्। जोखिम हुने डरले सहकारीले कर्जा प्रवाहमा कडाइ गरेको सञ्चालक बताउँछन्।

सहकारीको ब्याजदर कार्यान्वयन नहुनुका साथै विकृति, विसंगति नरोकिएपछि प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल सुरु भएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य घनश्याम खतिवडाले सहकारीको ब्याजदर कार्यान्वयनसहित सहकारीका विभिन्न क्षेत्रमा समितिमा छलफल सुरु भएको बताए। ब्याजदर निर्धारण गरेर सरकारले ऐतिहासिक काम गरेको भन्दै कार्यान्वयनमा जोड दिए। ‘समितिले कडाइका साथ कार्यान्वयन गर्न निर्देशनसमेत दिन सक्छ’, उनले भने, ‘ब्याजदर अझै घटाउनुपर्छ भन्ने पक्षमा छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.