चोरिएको तीन वर्षपछि भेटियो चन्दननाथको मूर्ति

चोरिएको तीन वर्षपछि भेटियो चन्दननाथको मूर्ति

जुम्ला : प्रशिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्यमूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मूख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

२०७३ मंसिर ८ गते राति मन्दिरबाट मूख्यमूर्तिसहित दर्जनौं बहुमूल्य मूर्ति चोरिएका थिए । सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो । स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गरेका थिए । 

मूर्ति भेटिएपछि प्रहरी घटनास्थल पुगेको छ । मुचुल्का उठाइसकेपछि मन्दिरमा पुर्नस्थापनाका लागि तयारी गरिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिए । मूर्ति चोरी हुँदा त्यसबेला जुम्लामा आन्दोलन चर्किएको थियो ।

 
सिआइबीको छानबिन टोली गठन गरे पनि मूर्ति कसले चोरेको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए । मूख्य मूर्ति भने भेटिएको थिएन । भेटिएको मूर्ति स्थानीयले आजै बाजागाजासहित मन्दिरमा ल्याउने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.