धादिङमा क्रिकेटको क्रेज बढ्दै

धादिङमा क्रिकेटको क्रेज बढ्दै

बेनिघाट (धादिङ) : धादिङ जिल्लामा पनि क्रिकेटको क्रेज बढ्दै जान थालेको छ । चाडपर्वको समयमा विभिन्न क्लबले स्थानीय स्तरमा फाट्ट फुट्ट क्रिकेट प्रतियोगीता गर्दै आएकोमा पछिल्ला दिनमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगीता समेत हुन थालेका छन् । विद्यालयमा हुने वार्षिक खेलकुदमा पनि क्रिकेट खेललाई समावेश गरिन थालिएको छ भने गाउँपालिकाले पनि प्रतियोगिता नै आयोजना गर्न थालेका छन्  ।

यसैक्रममा बेनिघाट रोराङ गाउँपालिकाले आफ्नो स्वर्गीय प्रशासकीय अधिकृत हर्षबहादुर थापाको स्मृतिमा गाउँपालिका स्तरीय अन्तर मावि क्रिकेट प्रतियोगीता आयोजना गरेको छ । पहिलो पटक आयोजना गरिएको हर्षबहादुर थापा स्मृति कप टी–२० क्रिकेटको उपाधी मलेखुस्थित ब्राईट फ्यूचर बोर्डिङले जितेको छ ।

विशालटारस्थित चन्द्रोदय माध्यामिक विद्यालयको खेल मैदानमा दुई दिनसम्म चलेको अन्तर माध्यामिक विद्यालय टी-२० क्रिकेट प्रतियोगितामा रिचोकचारको बागेश्वरी माध्यामिक विद्यालयलाइ हराउँदै ब्राईट फ्यूचरले उपाधी जितेको हो ।

बेनिघाट रोराङ गाउँपालिकाको युवा तथा खेलकुद समितिले आयोजना गरेको बृहत खेलकुद महोत्सव अन्तर्गत पालिकामा कार्यरत रहेकै बेला हृ्रदयघात भएर मृत्यु भएका प्रशासकीय अधिकृत थापाको सम्झनामा टि-२० क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगीतामा बेनिघाट रोराङमा मा रहेका ६ वटा माद्यमिक विद्यालयले सहभागिता जनाएका थिए । जसमा मलेखुस्थित ब्राईट फ्यूचर बोर्डिङ प्रथम, मलेखु रिचोकटार स्थित वागेश्वरी मावि द्वितिय र मझिमटार स्थित शंखादेवि मावि सान्त्वना भएका थिए ।

प्रतियोगितामा बलिङतर्फ ब्राईट फ्यूचर मलेखुका सृजन पाण्डे, चन्द्रोदय मावि बेनिघाटका अभिषेक पाण्डे, आयूष गिरीले खेल उत्कृष्ट रहेका थिए । यस्तै ब्राईट फ्यूचरका बिलियम श्रेष्ठ, सोनु सिंह, बागेश्वरी मावि रिचोकटारमा दिपेश सेढाई, गोकुल सुनार र शंखादेवि माविका सुरेश रायमाझि बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा छनौट गरिएको खेल संयोजक दिपेश कँडेलले बताए ।

भौतिक पूर्वाधार विना पनि विद्यालय स्तरीय क्रिकेटमा विद्यालयको र खेलाडीको सहभागीता चाखलाग्दो रहेको गाउँपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक एवं खेल ब्यवस्थापक दिपेश कँडेलले बताए । उनले भने, 'स्थानीय तहबाटै खेलाडी उत्पादन हुने हो, खेल्ने र देखाउने अवसर नपाएर पनि कतिपय प्रतिभा गाउँ गाउँमै लुकेको अवस्थामा छन्, त्यसैलाई उजागर गर्न हामीले क्रिकेट प्रतियोगीता गरेका हौँ, पहिलो वर्ष आयोजना गरिएको प्रतियोगीतामा विद्यार्थी खेलाडीको सहभागीताले हामीलाई धेरै हौसला थपिएको छ ।'

धादिङ जिल्लामै पहिलो पटक गाउँपालिका स्तरीय अन्तर माध्यामिक विद्यालय क्रिकेट आयोजना गरेको बेनिघाटरोराङ गाउँपालिकाले क्रिकेटको पूर्वाधार विकासमा पनि सघाउने प्रतिवद्धता जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले भने, 'क्रिकेटमा हाम्रो नेपालले ठुलो सफलता हाँसिल गर्दै छ, त्यसलाई निरन्तरता दिनका लागि पनि तल्लो तहमा खेलाडी उत्पादन हुनु जरुरी छ, त्यसैले खेलाडीका लागि खेल्ने ठाउँ बनाउन गाउँपालिका प्रतिवद्ध छ, हामी बेनिघाटमै एउटा उत्कृष्ट क्रिकेट रंगशाला बनाउने योजनामा छौं।'

यसअघि बेनिघाट रोराङ गाउँपालिका कै बेनि शिक्षा सदनले विद्यालयको वार्षिक खेलकुद कार्यक्रममा विद्यालयमा अध्यययरत विद्यार्थीबीच फ्रेन्चाइज शैलीमा क्रिकेट प्रतियोगीता आयोजना गरेको थियो। उक्त प्रतियोगीतामा पश्चात बालबालिकाले देखाएको क्रिकेटप्रतिको सद्भाव र आकर्षणले क्रिकेटप्रेमीका ध्यान तानेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.