उपसभामुखबाट संसदमै राजीनामाको घोषणा, अर्को बैठक ४ बजे

उपसभामुखबाट संसदमै राजीनामाको घोषणा, अर्को बैठक ४ बजे

काठमाडौं :  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने घोषणा गरेकी छिन्। साढे १ बजे सुरु भएको बैठकको अध्यक्षता गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फे नयाँ सभामुख निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने निश्कर्षमा आफू पुगेको बताएकी हुन्। बैठकको अध्यक्षता गर्दै छोटो मन्तव्य दिएपछि उनले बैठक चार बजेसम्मका लागि स्थगित गरिएको छ। 

सभामुख चयनको किचलोले झन्डै एक महिनादेखि बन्धक बनेको संघीय संसदको  बैठक अब सुचारु हुने भएको छ। औपचारिक राजीनामा दिनुअघि बैठकको अध्यक्षता गर्दै आफ्नो भनाइ राख्‍ने इच्छा राखेपछि त्यहीअनुसार दुईवटा बैठक राखिएको हो। 

सभामुख निर्वाचन कार्यक्रम र मिति घोषण गर्ने कार्यक्रम अब अर्को बैठकमा हुनेछ। त्यसअघि शिवमायाले औपचारिक राजीनामा दिनेछन्। बालुवाटारमा सोमबार बिहान प्रधानमन्‍त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि संसदको बैठक अघि नै राजीनामा दिनका लागि उपसभामुख शिवमायालाई  निर्देशन दिइएको थियो।

उपसभामुखको राजीनामा नआउँदा सभामुखको निर्वाचन कार्यक्रम अघि बढाउन पनि संसद् सचिवालयलाई अप्ठ्यारो पर्ने भएकोलले सचिवालयले उपसभामुखको राजीनामा कुरिरहेको सचिवालयका एक अधिकारीले बताए। राजीनामा नआएसम्म ज्येष्ठ सदस्यलाई सभामुखको रुपमा चयन गर्ने प्रक्रिया पनि अघि बढ्न सकेको छैन। 

'ज्येष्ठ सदस्यका लागि पनि सभामुखलाई जस्तै पोशाक, गाडी सबै तयार गर्नुपर्ने हुन्छ। त्यो गर्नका लागि पहिले उपसभामुखको राजीनामा आउनुपर्छ। राजीनामा नआउँदासम्म यो प्रक्रिया अघि बढ्न सक्दैन’, ती अधिकारीले भने।

उपसभामुखले राजीनामा दिएपछि निर्वाचन प्रक्रियासम्म ज्येष्ठ सदस्यले सभामुखको रुपमा सभा संचालन गर्नेछन्। प्रतिनिधिसभामा ज्येष्ठ सदस्य महन्थ ठाकुर छन्। उनले पनि राष्ट्रपतिसमक्ष शपथ लिनुपर्नेहुन्छ। राष्ट्रियसभाको निर्वाचनपछि सभामुख निर्वाचनको कार्यक्रम तय हुने संभावना छ। 

नेकपाभित्र लामो विवाद र खिचतानीपछि आइतबार मात्र सभामुखका लागि अग्‍नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा ‘बिजनेस’मा प्रवेश गर्न पाएको छैन। सभामुख चयनमा सहमति जुटाउन पटकपटक भएका प्रयास असफल भएपछि  संसद्को बैठक सूचना टाँगेर स्थगित हुँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.