शिवमायाले भनिन्, कसैले आफ्नो धरातल बिर्सनु हुँदैन (भिडियो)
काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संवैधानिक ओहदामा रहँदा दलको निर्देशनमा होइन संवैधानिक र कानुनी प्रबन्धअनुसार निर्देशित भएर क्रियाशिल हुनुपर्ने बताएकी छिन्।
संसदको सोमबारको बैठकमा राजीनामाको घोषणा गर्दै उनले भनिन् ,'दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग रहेको हुन्छ।उक्त ओहदामा रहँदा ऊ दलको निर्देशनमा होइन,संवैधानिक र कानुनी प्रबन्ध अनुसार निर्देशित भएर क्रियाशील हुन्छ।मैले पनि यसै अनुसार नै इमान्दारीताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु।'
'कसैले पनि आफ्ना जरा र धरालत बिसर्नु हुँदैन, धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि म सचेत छु,' उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन्।