आँखामा १५ इन्चको जुका
६८ वर्षीया महिलाको आँखामा असहज दुखाइ भएपछि कम गर्न उनले अनेकौं उपाय अपनाइन् । सफा पानीले धेरै पटक धोइन् । तर उनको दुखाइ कम भएन ।
अनेकौं प्रयासपछि अन्तिम उपाय अस्पताल जानु नै थियो । आँखा बेस्सरी चिलाएपछि उनी अस्पताल पुगिन् । उनका आँखा हेरेर डाक्टर झस्किए । चिकित्सले उनको आँखाबाट करीब १५ इन्चको जुका निकाल्न शल्यक्रिया सुरु गरे ।
आँखा चिलाएकै कारण अस्पताल पुगेका उनको आँखाबाट जुका निकालिएको हो । धेरै समय पहिलेदेखि आँखा चिलाउने समस्याबाट ग्रसित भएकी उनको आँखामा जुका रहेको सुन्दा आफैँ अचम्मित भइन् । चिकित्सकका अनुसार आँखाबाट जुका निकाल्न अझै केही समय ढिला गरेमा आँखाको ज्योति गुम्ने सम्भावना थियो ।
आँखाबाट जुका निकाल्नुभन्दा पनि जिउँदो निकाल्नु चिकित्सकका लागि ठूलो चुनौती बनेको थियो । आँखाभित्र नै जुकाको मृत्यु भएको भए आँखाको अन्य समस्या उत्पन्न हुन सक्ने चिकित्सक बताउँछन् ।
परीक्षणले उक्त महिलाको आँखामा संक्रमित जुकाको प्रजाति ‘थेलाजिया गुलोसा’ हो भन्ने पुष्टि भएको छ । जसलाई परजीवि आँखाको किरा जुन समान्यतया गाई वस्तु र अन्य जनावरहरुमा पाइने गर्छ । जनावरमा हुने झिंगाबाट यस्तो हुनसक्ने चिकित्सकले बताएका छन् ।
शल्यक्रियापश्चात् बिरामी अहिले स्वस्थ छिन् ।