सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं : माघ १२ गते हुने प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाइएको छ।

आइतबार बसेको सत्तारुढ नेकपाको बैठकले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख पदको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदका लागि उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा निर्णय गरेको छैन। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा दिएपछि नयाँ सभामुख चयनको प्रकिया अघि बढाउन सजिलो भएको हो।

माघ १२ गते दिउँसो ३ बजे बस्‍ने बैठकमा सभामुखका लागि निर्वाचन हुनेछ। सोमबारको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका महन्थ ठाकुरले सभामुख पदको निर्वाचनको कार्यक्रम सोमबार नै प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका थिए।

नेकपाभित्र लामो विवाद र खिचतानीपछि आइतबार मात्र सभामुखका लागि अग्‍नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा 'बिजनेस' मा प्रवेश गर्न पाएको छैन। सभामुख चयनमा सहमति जुटाउन पटकपटक भएका प्रयास असफल भएपछि संसद्को बैठक सूचना टाँगेर स्थगित हुँदै आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.