सभामुखमा अग्‍नि सापकोटाको मनोनयन दर्ता

सभामुखमा अग्‍नि सापकोटाको मनोनयन दर्ता

काठमाडौं : प्रतिनिधिसभा सभामुखका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अग्नि सापकोटाले मनोनयन दर्ता गराएका छन्। मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर नेता सापकोटाले मनोनयन दर्ता गराएका हुन्। 

सभामुखमा सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण  रहेका छन्। मनोनयन दर्तापछि  नेता सापकोटाले प्रतिनिधिसभाको गरिमा उच्च राख्ने प्रतिक्रिया दिएका छन्। उनले भने, ' यो जननिर्वाचित र सार्वभौम संस्थाको ओझ,गरिमा,मूल्य,मान्यता उच्च बनाइ राख्न भगिरथ प्रयत्न गर्नेछु।'

आइतबार नेकपाले अग्नि सापकोटालाई प्रतिनिधिसभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।  सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.