ज्यान मार्ने मुद्दाका अभियुक्त विक पक्राउ

ज्यान मार्ने मुद्दाका अभियुक्त विक पक्राउ

काठमाडौं : ज्यान मार्ने मुद्दाका फरार अभियुक्त कमल विकलाई प्रहरीले पक्राउ गरेको छ। अपराध महाशाखाको टोलीले  धादिङ बेनिघाटका विकलाई  सोमबार काठमाडौंको गोंगबुस्थित गणेशस्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन्।

पक्राउ परेका विकलाई आवश्यक कारवाहीका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।२०७१ साल कार्त्तिक ३० गते धादिङ तिप्लाङ ९ घर भएका युरुङ तामाङको टाउकोमा ढुंगाले हिर्काउँदा उनको मृत्यु भएको थियो।

घटनालगत्तै उनीमाथि ज्यान मार्ने उद्योग गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा चलाइएको थियो।विकलाई कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पाटनले ४ वर्षअघि १० वर्ष कैदको फैसला सुनाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.