संयुक्त सीमा टोलीले थाल्यो सर्भे

संयुक्त सीमा टोलीले थाल्यो सर्भे

महेन्द्रनगर : नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रमा मंगलबार काम सुरु गरेको छ। भारतीय बजार टकनपुर पावर हाउसमा गत शुक्रबार बसेको संयुक्त टोलीको बैठकले एक साताभित्र काम थाल्ने निर्णय गरेको थियो।

कैलालीको सीमा क्षेत्र खक्रौलाबाट मंगलबार सीमास्तम्भ व्यवस्थापन थालेको संयुक्त टोली प्रमुख जनकबहादुर भण्डारीले बताए। उनका अनुसार पहिलो चरणमा टोलीले स्थलगत अनुगमन गर्नेछ। ‘पहिलो चरणमा सीमास्तम्भ कुन कस्तो अवस्थामा छन्, यसको लगत संकलन गर्छौ,’ उनले भने, ‘लगत संकलनपछि सीमास्तम्भ व्यवस्थापन सुरु हुन्छ।’

उनले धेरै ठाउँमा सीमास्तम्भसम्म पुग्नै कठिन हुने बताउँदै टोलीले कैलालीको खक्रौला सीमा क्षेत्रमा रहेको नेपाल–भारत सीमास्तम्भ नम्बर ७०० देखि कञ्चनपुरको ब्रह्मदेवस्थित ८११ नम्बरसम्मका स्तम्भ व्यवस्थापन गर्ने बताए। उनका अनुसार सीमास्तम्भ व्यवस्थापनका लागि ५ महिना समयावधि दिइएको छ। टोलीले जीर्ण सीमास्तम्भ मर्मतदेखि हराएका स्तम्भ पुनर्निर्माणसमेत गर्नेछ।

कञ्चनपुरको खल्लामसेट्टीदेखि डोकेबजारसम्मका ३ सय ९० सीमास्तम्भमध्ये १ सय मात्र ठीक अवस्थामा छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० वटा स्तम्भ महाकालीको पानीभित्र रहेको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउटपोस्ट)ले जनाएको छ।

८१३ नम्बरको मुख्य सीमास्तम्भ महाकालीको बगरमा ढलेर अलपत्र छ। कञ्चनपुरको सीमा क्षेत्रका ढलेका र हराएका स्तम्भ २ सयभन्दा बढी छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित प्यारा तालपारि रहेको मुख्य सीमास्तम्भ नम्बर १९५ जंगलमा ढलेको छ। सो स्तम्भ भारतीय पक्षको निगरानीमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.