धादिङ दुर्घटनाको शोकमा नगरपालिकाले दियो सार्वजनिक विदा

धादिङ दुर्घटनाको शोकमा नगरपालिकाले दियो सार्वजनिक विदा

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका ८ मैदी भन्ज्याङ नजिकै मंगलबार भएको मिनिट्रक दुर्घटनामा मृत्यु भएकाको शोकमा बुधबार (आज) स्थानीय सरकारले शोक विदा घोषणा गरेको छ ।

मंगलबार ज्वालामुखी गाउँपालिकाको ४ ढोलामन्दिरमा दर्शन गरेर फर्किँदै गरेका यात्रुहरु चढेको मिनिट्रक दुर्घटना हुँदा एकै गाउँका ७ जनाको मृत्यु भएको थियो भने ३७ जना घाइते भएका थिए । घाइते र मृतक सबैजना नीलकण्ठ नगरपालिका २ भुलभुलेका स्थानीय हुन् ।

मंगलबार नगरपालिकाले सूचना जारी गर्दै मृतकका सबै परिवारजनमा गहीरो समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते सबैको शीघ्र स्वास्थलाभको कामना समेत गरेको छ । घाइते र मृतकको परिवारलाई नीलकण्ठ नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नीलकण्ठ नगरपालिकाभरी ८ गतेको लागि शोक विदा घोषणा गरिएको नगरपालिकाका मेयर भीम प्रसाद ढुङगानाले जानकारी दिए।

घटनापछि घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि काठमाडौं पठाइएको थियो । हेलिकप्टर खर्च पनि नगरपालिकाले नै बेहोर्ने ढुङगानाले बताए । 

मंगलबार ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डलीको दर्शन गरेर फर्किँदै गरेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक नीलकण्ठ नगरपालिका ८ स्थित मैदी भन्ज्याङ नजिक अनियन्त्रीत भइ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.