स्थानीयले थापेको पासोमा चितुवा पर्यो
महेन्द्रनगर : कञ्चनपुरमा एक चितुवा पासोमा परेको छ । भीमदत्तनगरपालिका ९ स्थित सिद्धनाथ सामुदायिक वनमा बुधबार बिहान पासोमा चितुवा परेको भेटिएको शसस्त्र प्रहरी बल बिओपी ब्रह्मदेवले जनाएको छ ।
स्थानीयले बँदेल अथवा चितललाई थापेको पासोमा चितुवा परेको हुनसक्ने शसस्त्र प्रहरी बल बिओपी ब्रह्मदेवका प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले बताए । 'चितुवाको पछाडिको एउटा खुट्टा मात्रै पासोमा अड्किएको छ ।अहिले हाम्रो टोलीले सुरक्षा दिएको छ,' प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने।
डिभिजन वन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी सिद्धराज अवस्थीले उद्धारका लागि ब्रदियाबाट टोली आउन लागेको जानकारी दिए । उनले चितुवालाई बेहोस बनाएर उद्धार गनुपर्ने भएकाले त्यसको लागि महेन्द्रनगरमा उपकरण नभएको बताए ।
प्रतिक्रिया दिनुहोस !
८