स्थानीयले थापेको पासोमा चितुवा पर्‍यो

स्थानीयले थापेको पासोमा चितुवा पर्‍यो

महेन्द्रनगर : कञ्चनपुरमा एक चितुवा पासोमा परेको छ । भीमदत्तनगरपालिका ९ स्थित सिद्धनाथ सामुदायिक वनमा बुधबार बिहान पासोमा चितुवा परेको भेटिएको शसस्त्र प्रहरी बल बिओपी ब्रह्मदेवले जनाएको छ ।

 
स्थानीयले बँदेल अथवा चितललाई थापेको पासोमा चितुवा परेको हुनसक्ने शसस्त्र प्रहरी बल बिओपी ब्रह्मदेवका प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले बताए । 'चितुवाको पछाडिको एउटा खुट्टा मात्रै पासोमा अड्किएको छ ।अहिले हाम्रो टोलीले सुरक्षा दिएको छ,' प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने।

डिभिजन वन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी सिद्धराज अवस्थीले उद्धारका लागि ब्रदियाबाट टोली आउन लागेको जानकारी दिए । उनले चितुवालाई बेहोस बनाएर उद्धार गनुपर्ने भएकाले त्यसको लागि महेन्द्रनगरमा उपकरण नभएको  बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.