धादिङमा झडप, एकको मृत्यु, एक गम्भीर

धादिङमा झडप, एकको मृत्यु, एक गम्भीर

दार्खा (धादिङ) : धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा युवाबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन् ।मंगलबार राती साढे ७ बजेतिर घटना भएको स्थानीयले जानकारी दिएका छन्।  अबेरसम्मसँग रहेका युवाको समूहबीच  झडप भएको थियो ।

दार्खामा स्थानीय गुराँस युवा क्लबले फुटबल आयोजना गरेको थियो भने बुधबाको लागि फाइनल खेल तय भएको थियो । उक्त फुट‍बल खेलका खेलाडी र रेफ्रिबीच झडप भएको दार्खाबाट स्थानीयले टेलिफोनमा जानकारी दिएका छन्।
 

जिल्ला प्रहरी कार्यालय धादिङमा प्रमुख रविन्द्र रेग्मीका अनुसार दुई समुहबीचको पुरानो आपसी विवादको कारण झडप भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाए पनि घटनाको विस्तृत अध्ययन भइरहेको छ । घटना भएको थाहा पाउने वित्तिकै प्रहरी प्रमुख रेग्मीसहितको टोली राती नै घटनास्थलतर्फ गएको थियो ।

झडपको क्रममा प्रेसर कुकर, फलामे ढुङग्रो र रडलगायतका वस्तु प्रहार गर्दा स्थानीय शान्त तामाङको घटनास्थलमै मृत्यु भएको हो । झडपमा परी गम्भीर घाइते भएका रविन तामाङलाइ जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि बुधबार दिउँसो १ बजे काठमाडौं पठाइएको हो ।

उनको काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका तामाङ यसअघि नै कर्तव्य ज्यान मुद्धामा जेल सजाय काटेर निस्किएका व्यक्ति हुन् ।झडपमा संलग्न भएको आशंकामा प्रहरीले नेत्रावती डापजोङ गाउँपालिका १ का राम तामाङ र रोशन तामाङलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.