स्निकर्स चकलेटको लम्बाइः १२ फिट, तौलः दुई टन

स्निकर्स चकलेटको लम्बाइः १२ फिट, तौलः दुई टन

चकलेटप्रेमीका लागि स्निकर्स परिचित नाम हो । विश्वभरि बर्सेनि अर्बौं डलरको स्निकर्स बिक्री हुने गर्छ । अमेरिकी कम्पनी मार्स रिग्लीले स्निकर्स उत्पादन गर्छ । 

गएको जनवरी १६ मा मार्सले यति विशाल स्निकर्स बार प्रदर्शन गर्‍यो कि दुनियाँ आश्चर्यचकित भयो । यो चकलेटलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले हालसम्मको सबैभन्दा ठूलो चकलेट नट बारका रूपमा मान्यता दियो । टेक्सस राज्यको वाको शहरमा स्थित स्निकर्सको प्लान्टले यो विशाल चकलेट बनाएको हो । चकलेटको लम्बाइ १२ फिट, चौडाइ २ फिट २ इन्च र उचाइ दुई फिट छ । यसको तौल छ–  २१ सय ४४ केजी । यो भनेको सामान्यतया दुइटा घोडाको वजन हो । प्रायः उपभोग गरिने स्निकर्सका ४१ हजार वटा बार बराबर यो एउटा मेगा–बार हुन्छ । 

गिनिज बुकका निर्णायक माइकल इम्प्रिक भन्छन्, ‘यति विशाल चकलेट बनाउनु आफैँमा चुनौतीपूर्ण त छँदै छ, कालिगढीका हिसाबले पनि यो अब्बल छ ।’ 

आउँदो फेब्रुअरी ३ देखि सुरु हुने अमेरिकन फुटबल लिग ‘सुपर बाउल’ प्रतियोगिता अवधिभर यस मेगा–बार स्निकर्सको विज्ञापन टेलिभिजनमा प्रसारण गरिनेछ । 

भीमकाय स्निकर्स बारलाई दुई हप्ता लगाएर बनाइएको थियो । ‘टेक्ससमा जे पनि ठूलो हुन्छ भन्ने धारणा छ,’ स्निकर्सका भ्यालू म्यानेजर रुड इंगबर्सले भने, ‘यो विशाल स्निकर्स त्यही धारणाको उपज हो ।’ 

यति ठूलो चकलेटलाई अब के गरिन्छ त ? निःसन्देह खाइन्छ । अमेरिकामा रहेका मार्सका विभिन्न प्लान्टका कर्मचारीलाई यो विशाल चकलेटका टुक्रा बाँडिनेछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.