सधैं अशान्त दार्खा

सधैं अशान्त दार्खा

दार्खा (धादिङ) : उत्तरी धादिङको खनियावास गाउँपालिका-४ दार्खा, घाम्सामा युवाहरुको समुहबीच झडप हुँदा एक युवाले ज्यान गुमाएका छन्। दुई दुई जनाको समुहमा रहेका युवाहरुबीच व्यक्तिगत रिसिइवीमा झगडा हुँदा एक युवाको ज्यान गएको हो।

घटनाका प्रत्यक्षदर्शीका अनुसार नेत्रावती डापजोङ गाउँपालिका-१ मार्पाकका राम तामाङ र रोशन तामाङ बसिरहेको स्थानीय एक होटलमा आएर दार्खा घाम्साकै स्थानीय शान्त तामाङ र रविन तामाङले झगडा गर्न सुरु गरेका थिए। सामान्य हात हालाहालबाट सुरु भएको झगडाले उग्र रुप लिएपछि खनियाबास-४ दार्खा घाम्साका शान्तको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का स्थानीय रविन गम्भीर घाइते भएका हुन्। झडपको क्रममा प्रेसर कुकर, फलामे ढुङग्रो र रडलगायतका वस्तुहरुले प्रहार गर्दा शान्तको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु भएका तामाङ यसअघि नै कर्तव्य ज्यान मुद्दामा ५ वर्ष जेल सजाय बिताएर निस्किएका व्यक्ति भएको बुझिएको छ।

गम्भीर घाइतेलाई स्थानीयले उद्धार गरि उपचारको लागि तत्काल जिल्ला अस्पताल धादिङवेशी पठाएका थिए। त्यहाँ उनको उपचार हुन नसकेपछि बुधबारनै थप उपचारको लागि काठमाडौं पठाइएको थियो। रविनको हाल ग्रिनसिटि अस्पतालमा उपचार भइरहेको छ। घटनापछि कुटपिटमा संलग्न नेत्रावती डापजोङका राम तामाङ र रोशन तामाङले स्थानीय दार्खा प्रहरी चौकीमा आत्मसमर्पण गरेका थिए। प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उनीहरुले आफुहरुलाई आक्रमण भएपछि प्रतिकार गर्दा उनीहरुको मृत्यु भएको बताएका छन्।

दार्खामा सक्रिय रहेको स्थानीय गुराँस युवा क्लवले केही दिन अघिदेखि फुटबल प्रतियोगिता आयोजना गरेको थियो भने बुधबारको लागि फाइनल खेल तय भएको थियो। मार्पाकदेखि खेल हेर्न आएका समूह र स्थानीयबासीबीच झगडा भएको बुझिएको छ। फुटबल खेलका संयोजक लोकराज गुरुङले भने, ‘उनीहरुको आपसी विवादमा झगडा भएको हो। बाहिर प्रचारमा आएजस्तो यो घटनामा फुटबल कहिँ कतै जोडिएको छैन्। फुटबल आयोजना भएकै बेला यो घटना हुनुमा दुःख लागेको छ।’

घटना भएको थाहा पाउनेलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीसहितको टोली दार्खा पुगेको थियो। दार्खा पुगेको प्रहरी टोलीले घटनामा संलग्न भएको हुनसक्ने आशंकामा दार्खाकै स्थानीय अशोक तामाङलाइ पनि नियन्त्रणमा लिएको छ। रेग्मीले भने, ‘दुई समुहबीचको पुरानो आपसी विवादको कारण झडप भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाए पनि घटनाको विस्तृत अध्ययन भइरहेको छ।’ उनीहरुसँग जोडिएका सबै पुराना घटनाहरुलाई पनि अनुसन्धानको दायरामा ल्याइने प्रहरी प्रमुख रेग्मीले बताए। ‘घटनामा संलग्नहरु अपराधिक पृष्ठभुमिका रहेको प्रारम्भिक जानकारीमा आएको छ,’ रेग्मीले भने, ‘सबै पक्षबाट अनुसन्धानलाई हामीले अगाडी बढाएका छौँ।’

सधै अशान्त दार्खा
दार्खा सधैं अशान्त छ। यसअघि पनि पटक पटक दार्खामा हत्या भएका छन्। स्थानीय युवाहरुबीच ‘ग्याङ फाइट’ हुँदा २०६९ देखि यता चार युवा र एक प्रहरीले अकालमै ज्यान गुमाइसकेका छन्। २०६९ मंसिर १८ गते २४ घण्टाको फरकमा भीषण तामाङ र विजय तामाङको युवाहरुको समुहबाटै कुटपिट हुँदा मृत्यु भएको थियो।

त्यस्तै २ वर्षअघि स्थानीय युवासँगै भएको झगडामा तत्कालिन दार्खा प्रहरी चौकीका निमित्त इन्चार्ज वीरबहादुर गुरुङको ज्यान गएको थियो।प्रहरीले पनि उत्तरी धादिङको दार्खालगायतको उत्तरी क्षेत्रलाई सुरक्षा संवेदनशिलताको दृष्टिले अति उच्च जोखिममा राखेको छ तर सोही अनुरुपको शान्ति सुरक्षाको व्यवस्था भने मिलाउन सकेको छैन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.