पुसमा राजस्व वृद्धि अप्रत्याशित

पुसमा राजस्व वृद्धि अप्रत्याशित

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको सुरुदेखि लगातार अपेक्षाअनुसार राजस्व संकलन गर्न सकेको छैन। ६ महिनासम्मको राजस्व लक्ष्य र संकलनबीच ८१ अर्ब रुपैयाँको खाडल छ। तर, आवको मध्यावधि (पुस) मा अप्रत्याशित राजस्व संकलन गरेको छ।

पुसमा राजस्व संकलन लक्ष्यको तुलनामा दुई अर्ब रुपैयाँ बढी छ। सरकारी स्वामित्वका वाणिज्य बैंकको लाभांश प्राप्ति र पेट्रोलियम पदार्थ आयातमा भएको वृद्धिले राजस्व संकलनमा यस्तो वृद्धि भएको देखिन्छ। पेट्रोलियम पदार्थको आयातमा लाग्ने पूर्वाधार कर लक्ष्यको तुलनामा एक अर्ब १८ करोड रुपैयाँ बढी छ। नेपाल आयल निगमका अनुसार नोभेम्बरमा एक लाख ३० हजार किलोलिटर डिजेल आयात भएकामा डिसेम्बरमा एक लाख ६५ हजार किलोलिटर पुगेको छ।

यसले पेट्रोलियम पदार्थको आयातमा अनपेक्षितरूपमा बढेको स्पष्ट हुन्छ।

डिसेम्बर महिनाभर डिजेलको आयात ह्वात्तै बढेको नेपाल आयल निगमले जानकारी दिएको छ। अरु महिनामा समान्य रूपमा एक लाख ४० हजार केएल खपत हुने डिजेल यो महिनामा मात्रै एक लाख ६५ हजार केएल पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। उनले भने, ‘पुस महिनाको हामीले विश्लेषण गरेका छैनौं तर डिसेम्बरमा एकैपटक डिजेलको आयातमा वृद्धि भएको थियो।’

यस्तो करमा सरकारले पुसमा ५ करोड १५ लाख रुपैयाँ मात्रै संकलन गर्ने लक्ष्य राखेको थियो। यद्यपि, अपेक्षाभन्दा बढी एक अर्ब २३ करोड रुपैयाँ संकलन भएको छ। 

आन्तरिक भ्याटले लक्ष्य नाघ्यो

आन्तरिक उत्पादन, बिक्री तथा सेवा कारोबारमा लाग्ने मूल्य अभिवृद्धि कर संकलनमा सुरुदेखि सुधार आइरहेको छ। यस्तो कर संकलनमा सरकारले पुस महिनामा ८ अर्ब ६० करोड रुपैयाँ लक्ष्य राखेको थियो। यद्यपि, यस्तो कारोबारबापत ९ अर्ब ३३ करोड रुपैयाँ संकलन गरेको छ। आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षमा निर्माण कार्यसम्बन्धी ठेक्कामा लाग्ने मूल्य अभिवृद्धि करको ५० प्रतिशत (६.५ प्रतिशत) अग्रिम तिर्नुपर्ने प्रावधान ल्याएको छ। यसले भ्याट संकलनमा वृद्धि ल्याएको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिए। उनले भने, ‘हामीले यसपालि ठेक्काबाट अग्रिम ५० प्रतिशत मूअकर संकलन गरिरहेका छौं। सायद यही कारणले भ्याटमा राम्रो संकलन भइरहेको छ।’ 

गैर कर ३ गुणा बढी

सरकारी स्वामित्वका वाणिज्य बैंकले नाफाबाट ठूलो मात्रामा लाभांश बाँडेपछि राजस्व खातामा ठूलो टेवा पुगेको छ। यस्तो राजस्व संकलन हुने गैरकर शीर्षकमा लक्ष्यको तुलनामा ३ गुणा बढी संकलन भएको छ। पुसमा सरकारले गैर कर संकलनको लक्ष्य १३ अर्ब ४६ करोड रुपैयाँ राखेको थियो। तर गैरकर ३४ अर्ब २६ करोड रुपैयाँ संकलन भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.