जाडो छल्न बालेको आगोले घर जलेर नष्ट

जाडो छल्न बालेको आगोले घर जलेर नष्ट

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका १ का रामबहादुर बोहराको घर जलेर नष्ट भएको छ । बुधबार राती ताप्न बालेको आगोले घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। 

प्रहरीका अनुसार ताप्न बालेको आगो घरको काठमा लागेपछि घर जलेको हो । 'ताप्न बालेको आगो त्यसै छोडेर बोहरा परिवार सुतेछन्, इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले भने, 'राती करिब १ बजेतिर छिमेकीले घरको धुरीबाट आगोको मुस्लो देखेपछि आगलागीबारे थाहा भएको हो।'

आगलागीबाट करिब १० लाख बराबरको क्षती भएको छ ।बोहराको घरमा राखेको दुई भकारी धान,७ बोरा गहुँ,डेढ तोला सुन, बाकसमा भएको १ लाख ५० हजार नगदसहित लत्ताकपडा र दुईतले काठको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घर जलेपछि बोहरा परिवारको बिचल्ली भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.