राष्ट्रियसभा निर्वाचन : यसरी हुँदैछ मतदान

राष्ट्रियसभा निर्वाचन : यसरी हुँदैछ मतदान

काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान भइरहेको छ। कूल सदस्यमध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

बागमती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् ।

यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन-तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् ।

प्रदेश २ का मुख्य मन्त्री लालबाबु यादव मतदान गर्दै । तस्बिर : गोविन्द महतो

यस्तै, सुदूरपश्चिम प्रदेश, प्रदेश ५, गण्डकी, कर्णाली, प्रदेश १, प्रदेश २ मा निर्वाचन शान्तिपूर्वक भइरहेको त्यहाँबाट हाम्रा सहकर्मीले जानकारी दिएका छन्। निर्वाचनमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ वटा राजनीतिक दलले भाग लिदैछन्।

प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा ३/३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा रिक्त महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २/२ जनाका दरले ८ जना उम्मेदवार, बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा ३/३ जनाको दरले ६ जना उम्मेदवार छन्। 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  बागमती प्रदेशअन्तर्गत ललितपुर मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : अशोक दुलाल

यस्तै ,गण्डकी प्रदेशमा रिक्त महिला समूहतर्फ २ र अन्य समूहतर्फ ३ गरी ५ जना उम्मेदवार, प्रदेश ५ मा रिक्त महिला समूहतर्फ २ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ३ र अन्य समूहतर्फ ४ गरी ९ जना उम्मेदवार चुनावी मैदानमा छन।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  बागमती प्रदेशअन्तर्गत ललितपुर मतदान केन्द्रमा लाइन लागेका मतदाता। तस्बिर : अशोक दुलाल

यस्तै कर्णाली प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाको दरले ४ जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाका दरले ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन। महिला समूहतर्फ १६, दलितसमूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ जना र अन्य समूहतर्फ १९ गरी ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ। २ नम्बर प्रदेशमा राजपासँग चुनावी तालमेल गरेको सत्तासीन नेकपाले राष्ट्र्यिसभा निर्वाचन जित्ने निश्चित छ।

राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशको मतदान केन्द्रमा मत खसाल्दै मतदाता। तस्बिर : कृष्णमणी बराल।

राष्ट्रियसभा निर्वाचनका लागि मतदात गर्न सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रमा लाइनमा उभिएका प्रदेश प्रमुख त्रिलोचन भट्टलगायत अन्य प्रदेशसभा सदस्य। तस्बिर : खगेन्द्रबहादुर सिंह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.