राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा ३०३ मत खस्यो

राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा ३०३ मत खस्यो

दाङ : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा ३०३ मत खसेको छ । कुल मतदाता संख्या ३०५ मा दुई मत खसेन। दाङको घोराहिमा भएको राष्ट्रियसभा निर्वाचनमा नरैनापुरका उपाध्यक्ष मतदान गर्न आएनन् भने प्रदेशसभा सदस्य बलदेव शर्मा पोख्रेलको निधन भएपछि दुई मत नखसेको हो।

 ८६ जना प्रदेशसभा सदस्य र प्रदेशका कुल १ सय ९ स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ जनाले यो निर्वाचनका मतदाता थिए ।बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान भएको हो।

निर्वाचन अधिकृत थापाका अनुसार ३ जना राष्ट्रिय सभासदस्य निर्वाचित हुने प्रदेश ५ बाट ९ जनाको उम्मेदवारी परेको छ। अन्यतर्फ ४ जना नेपाली कांग्रेसका बालकृष्ण पाण्डे, नेकपाबाट गोपाल भट्टराई, राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल र समाजवादी पार्टीबाट कृष्णप्रसाद अहिरको उम्मेदवारी परेको छ । 

अपांगता तथा अल्पसंख्यक तर्फ तीनजना नेकपाबाट जगप्रसाद शर्मा, कांग्रेसबाट मेराज अहमद हलवाई र समाजवादीबाट सुनिलकुमार सिंगल चुनावी प्रतिष्पर्धामा छ्न । 

महिलातर्फ २ जना नेकपाबाट बिमला घिमिरे र कांग्रेसबाट गिरिजादेवी न्यौपाने चुनावी प्रतिष्पर्धामा छ्न् । अन्य, अपांगता÷अल्पसंख्याक तथा महिलाबाट एक÷एकजना निर्वाचित हुने छन्। 

प्रदेशसभा सदस्यहरुको मतभार ४८ हुने छ भने स्थानीह तहका प्रमुख उपप्रमुखको मतभार १८ हुने छ। यसरी प्रदेश नम्बर ५ को कुलमत भार ८ हजार १ सय हुने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.