टिपरको ठक्करबाट महिलाको मृत्यु , महेन्द्रनगर तनावग्रस्त

टिपरको ठक्करबाट महिलाको मृत्यु , महेन्द्रनगर तनावग्रस्त

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका-४ भानुचोकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार साँझ पुर्व-पश्चिम राजमार्ग अन्तर्गत भाषीबाट महेन्द्रनगर बजार आइरहेको से १ क ८८७ नम्बरको टिपरको ठक्करले पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।

प्रहरीकाअनुसार बैतडी गुरुखोला घर भई हाल महेन्द्रनगर गोवरैयामा डेरागरी बस्दै आएकी २० वर्षिया रमिता भट्टको घटनास्थलमै मृत्यु भएको हो। चालकले टिपर वेग गरेर किचेको भन्दै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

प्रहरीले घटनास्थलमा तीन राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ। मृतकको शव महाकाली अस्पतालमा राखिएको छ। मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.